ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सर्वोच्चले कारण सोध्यो- प्रेमबहादुर सिंह किन समानुपातिक सांसद भएनन् ?


admin

काठमाडौं, २४ फागुन । माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री प्रेमबहादुर सिंहको मुद्दामा सुनुवाइ गर्दे सर्वोच्च अदालतले समानुपातिक सूचीबाट सांसद नहुनाको कारण पेश गर्न सरकारलाई आदेश दिएको छ।

सर्वोच्चले सिहंको पार्टी माओवादी केन्द्रलाई समेत सिंह सांसद नहुनुको कारण लिखित रुपमा पेश गर्न भनेको छ। प्रधानन्यायाधीश गोपाल पराजुलीसहितको संवैधानिक इजलाशले सिंहको पक्षमा आदेश जारी गर्न भने अस्वीकार गरेको छ।

प्रधानन्यायाधीश पराजुली, न्यायाधीशहरु दीपकराज जोशी, ओमप्रकाश मिश्र, चोलेन्द्र शमशेर राणा र दीपककुमार कार्कीको इजलाशले निर्वाचन आयोग र सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको हो।

सर्वोच्चले महान्यायाधिवक्ता कार्यालयमार्फत १५ दिनभित्र सिंह समानुपातिक सांसद नहुनुको कारण लिखित रुपमा पेश गर्नसमेत आदेश गरेको छ।

राष्ट्रिय समाजवादी जनता पार्टी विलय गराउँदै माओवादी केन्द्रको चुनावी चिह्न लिएर निर्वाचन लडेका सिंह समानुपातिक सूचीमा नअटेपछि अदालतको शरणमा पुगेका थिए। उनले निर्वाचन आयोग र माओवादी केन्द्रलाई विपक्षी बनाएर रिट निवेदन दर्ता गराएका छन्।

निर्वाचन ऐनमा प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ पिछडिएको क्षेत्रबाट दलले प्राप्त गरेको सिट संख्याको कम्तीमा ४ दशमलव ३ प्रतिशत प्रतिनिधित्व हुनेगरी संख्या निर्धारण गर्नुपर्ने कानुनी व्यवस्था रहे पनि आयोग र माओवादी केन्द्रले त्यसको उल्लंघन गरेको आरोप सिंहले लगाएका थिए।

तर सर्वोच्चले सिंहले लगाएको आरोपको आधारमा अन्तरिम आदेश जारी गर्दै सांसद बनाउने भने तत्काल आवश्यक नभएको भन्दै मुद्दाको किनारा लाग्दा व्याख्या हुने भनेको छ। सर्वोच्चको उक्त आदेश पछि अदालतको आदेशबाट सांसद हुने सिंहको सपना सकिएको छ।

समानुपातिकतर्फको अन्तिम सूची पेश गर्ने माओवादी केन्द्र र आयोगको निर्णय गैरसंवैधानिक भएकाले आफूलाई समानुपातिक निर्वाचनमा विजयी भएको घोषणा गराई प्रमाणपत्र दिई सपथ गराउन सिंहले परमादेशको माग गरेका थिए।

समाजवादी जनता पार्टीका अध्यक्ष रहेका सिंह थ्रेसहोल्डको व्यवस्था हुनेबित्तिकै माओवादी केन्द्रमा प्रवेश गरेका थिए। सिंहले सांसद बनाउन अन्तरिम आदेश माग गर्दै फागुन ६ गते सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुदूरपश्चिमका एमालेका मुख्यमन्त्रीलाई नागरिक उन्मुक्तिले विश्वासको मत नदिने निणर्य गर्यो

काठमाडौं २४ । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशका एमालेका मुख्यमन्त्री राजेन्द्र सिंह रावललाई विश्वासको मत नदिने निर्णय गरेको छ। नागरिक उन्मुक्तिले आफ्नो माग सम्बोधन नभएकोले

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेट

काठमाडौं, २४ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीबीच भेट भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उहाँहरुबीच

नेपालको अस्थिर राजनीतिमा यसरी बढ्दै छ विदेशी चासो (भिडियो)

काठमाडौं, २४ माघ । निर्वाचनपश्चात नयाँ सरकारको बनेको ४२ दिनमै पूनः सरकार अस्थिर अवस्थामा पुग्ने संकेत देखिएको छ । सरकारमा दलहरुबीचको सहमतिमा बनेको गठबन्धन सरकारबाट

सम्बन्धित

सुदूरपश्चिमका एमालेका मुख्यमन्त्रीलाई नागरिक उन्मुक्तिले विश्वासको मत नदिने निणर्य गर्यो

नेपालको अस्थिर राजनीतिमा यसरी बढ्दै छ विदेशी चासो (भिडियो)

ओलीको बाध्यता र प्रचण्डको आवश्यकतामा प्रधानमन्त्रीको पद उकुसमुकुस (भिडियो)

भक्तपुरको आदर्श मावि पुगिन् यूएसएआईडीकी प्रमुख सामन्था पावर

किन समयमै सम्पन्न हुदैनन् राष्ट्रिय गौरवका दर्जनौं आयोजना ? (भिडियोसहित)

भूकम्पले टर्की र सिरियामा मृत्यु हुनेको संख्या ४ हजार नाघ्यो, १२ हजारभन्दा बढी घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com