ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रहरीले कांग्रेस उपसभापति गुरुङसँग लियो ५ घण्टा बयान


एबीसी न्यूज
कार्तिक २८, २०८१ बुधबार  ७ : ०१ बजे

काठमाडौं २८ कात्तिक । प्रहरीले मितेरी सहकारीमा बचतकर्ताको रकम अनियमितता भएको प्रकरणमा नेपाली कांग्रेस उपसभापति धनराज गुरुङसँग सोधपुछ गरेको छ ।

लाजिम्पाटस्थित केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी को कार्यालय बोलाएर गुरुङसँग घटनाबारे सोधपुछ गरेर कागज गराइएको सीआईबीका एक अधिकृतले अनलाइनखबरसँग बताए । उनीसँग सहकारी ठगीबारे अनुसन्धान गरिरहेको टोलीले बुधबार दिउँसो १२ देखि ५ बजेसम्म सोधपुछ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले गुरुङलाई अनुसन्धानको दायरामा नल्याएको भन्दै आलोचना हुँदै आएको थियो । गुरुङविरुद्धको किटानी जाहेरी समेत प्रहरीले लिन नमानेको आरोप थियो । यो घटनामा गुरुङ पत्नी ज्योतिविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन ९इन्टरपोल० मा रेड नोटिस जारी भएको छ ।

उनी संस्थामा महाप्रबन्धक रहेका बेला बचतकर्ताबाट संकलित १२ करोड ५० लाख रुपैयाँ रकम हिनामिना भएको आरोप छ । अहिले त्यो रकम ब्याजसमेत गरेर १४ करोड ८१ लाख रुपैयाँ प्रहरीको भनाइ छ ।

यो समस्या आएपछि संस्था सञ्चालक समितिका ९ जना सदस्यसहित उपसभापति गुरुङ, उनकी पत्नी ज्योति गुरुङ बसेर संस्थाको समस्या समाधान गर्ने मौखिक प्रतिवद्धता व्यक्त गरेको सहकारीका अध्यक्ष कुम्भराज गुरुङ बताउँछन् । त्यो पूरा नभएपछि संस्था संकटमा परेको उनको भनाइ छ ।

ज्योतिले २०५७ सालबाट यो सहकारीमा बचत संकलनकर्ताका रुपमा जागिर सुरु गरेकी थिइन् । राजनीतिक पहुँच अनि संस्थाका पदाधिकारीहरुको विश्वास जित्दै गएपछि उनी २०७० सालमा कोषाध्यक्ष बनिन् । पछि महाप्रबन्धकसमेत बनिन् ।

अनुसन्धान अधिकृतहरुका अनुसार, ज्योतीले १६ जना रकम संकलनकर्ताले ल्याएको रकममध्ये १२ करोड ९४ लाख ८९ हजार ३५७ रुपैयाँ सहकारीमा जम्मा नगरी ज्योतिबहादुर भण्डारीलाई दिएकी थिइन् । प्रहरीले भण्डारीविरुद्ध पनि रेड नोटिस जारी गराएको छ ।

जतिबेला ज्योतिको बदमासी सहकारीका पदाधिकारीले थाहा पाए, त्यसबेला उनले श्रीमान् धनराजसँग सम्बन्धविच्छेद गरिसकेकी थिइन् । रकम डुबेपछि दायित्वबाट उम्किन सम्बन्ध विच्छेद गरिएको मितेरी सहकारीका पदाधिकारीहरुको आरोप छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ट्रम्पको दाबी: ‘इरानी ‘पागलहरू’ पहिले आक्रमण गर्न लागेका थिए’

चुनावको मौन अवधिमा पनि विदेश जाने लर्को : फर्किनेभन्दा जाने बढी, ५ महिनामा साढे ७ लाख बाहिरिए

सम्बन्धित

कसले – वा केले – इरानको सर्वोच्च नेता अली खामेनेईको स्थान लिनेछ ?

इरान युद्धमा ‘अहिलेसम्मका विजेता’ नेतान्याहु :इकोनोमिष्ट

ट्रम्पको दाबी: ‘इरानी ‘पागलहरू’ पहिले आक्रमण गर्न लागेका थिए’

चुनावी विश्लेषण गर्न पाउनुपर्ने माग गरिएको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश अस्वीकार

चुनावको मौन अवधिमा पनि विदेश जाने लर्को : फर्किनेभन्दा जाने बढी, ५ महिनामा साढे ७ लाख बाहिरिए

अमेरिका–इजरायलले इरान र लेबनानमा एकसाथ हमला, दूतावासहरू बन्द, हजारौं विस्थापित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com