ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रहरीले कांग्रेस उपसभापति गुरुङसँग लियो ५ घण्टा बयान


एबीसी न्यूज

काठमाडौं २८ कात्तिक । प्रहरीले मितेरी सहकारीमा बचतकर्ताको रकम अनियमितता भएको प्रकरणमा नेपाली कांग्रेस उपसभापति धनराज गुरुङसँग सोधपुछ गरेको छ ।

लाजिम्पाटस्थित केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी को कार्यालय बोलाएर गुरुङसँग घटनाबारे सोधपुछ गरेर कागज गराइएको सीआईबीका एक अधिकृतले अनलाइनखबरसँग बताए । उनीसँग सहकारी ठगीबारे अनुसन्धान गरिरहेको टोलीले बुधबार दिउँसो १२ देखि ५ बजेसम्म सोधपुछ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले गुरुङलाई अनुसन्धानको दायरामा नल्याएको भन्दै आलोचना हुँदै आएको थियो । गुरुङविरुद्धको किटानी जाहेरी समेत प्रहरीले लिन नमानेको आरोप थियो । यो घटनामा गुरुङ पत्नी ज्योतिविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन ९इन्टरपोल० मा रेड नोटिस जारी भएको छ ।

उनी संस्थामा महाप्रबन्धक रहेका बेला बचतकर्ताबाट संकलित १२ करोड ५० लाख रुपैयाँ रकम हिनामिना भएको आरोप छ । अहिले त्यो रकम ब्याजसमेत गरेर १४ करोड ८१ लाख रुपैयाँ प्रहरीको भनाइ छ ।

यो समस्या आएपछि संस्था सञ्चालक समितिका ९ जना सदस्यसहित उपसभापति गुरुङ, उनकी पत्नी ज्योति गुरुङ बसेर संस्थाको समस्या समाधान गर्ने मौखिक प्रतिवद्धता व्यक्त गरेको सहकारीका अध्यक्ष कुम्भराज गुरुङ बताउँछन् । त्यो पूरा नभएपछि संस्था संकटमा परेको उनको भनाइ छ ।

ज्योतिले २०५७ सालबाट यो सहकारीमा बचत संकलनकर्ताका रुपमा जागिर सुरु गरेकी थिइन् । राजनीतिक पहुँच अनि संस्थाका पदाधिकारीहरुको विश्वास जित्दै गएपछि उनी २०७० सालमा कोषाध्यक्ष बनिन् । पछि महाप्रबन्धकसमेत बनिन् ।

अनुसन्धान अधिकृतहरुका अनुसार, ज्योतीले १६ जना रकम संकलनकर्ताले ल्याएको रकममध्ये १२ करोड ९४ लाख ८९ हजार ३५७ रुपैयाँ सहकारीमा जम्मा नगरी ज्योतिबहादुर भण्डारीलाई दिएकी थिइन् । प्रहरीले भण्डारीविरुद्ध पनि रेड नोटिस जारी गराएको छ ।

जतिबेला ज्योतिको बदमासी सहकारीका पदाधिकारीले थाहा पाए, त्यसबेला उनले श्रीमान् धनराजसँग सम्बन्धविच्छेद गरिसकेकी थिइन् । रकम डुबेपछि दायित्वबाट उम्किन सम्बन्ध विच्छेद गरिएको मितेरी सहकारीका पदाधिकारीहरुको आरोप छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

१० ‘विकास नायक’ लाई सम्मान

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

सम्बन्धित

केपी ओलीको स्थान हद फुकुवा

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com