ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारी स्वामित्वका दुई वटा सिमेन्ट उद्याेग बिजुलीको बक्यौता महसूल तिर्न तयार


एबीसी न्यूज

काठमाडौं १४ कात्तिक । सरकारी स्वामित्वका दुई सिमेन्ट उद्योग हेटौँडा सिमेन्ट र उदयपुर सिमेन्ट ट्रङ्क तथा डेडिकेटेड फिडरको बक्यौता महसूल तिर्न तयार भएका छन् । दुवै कम्पनीले नेपाल विद्युत् प्राधिकरणले निर्धारण गरेको प्रिमियम महसूलको बक्यौता किस्ताबन्दीमा तिर्न निवेदन दिएका हुन् ।

हेटौँडा सिमेन्टको ३३ करोड ८० लाख ८६ हजार र उदयपुर सिमेन्टको ४४ करोड ७४ हजार रुपैयाँ बक्यौता छ । उदयपुर सिमेन्टले सम्पूर्ण बक्यौता २८ किस्ताको सुविधाअनुसार पहिलो किस्ता तिरेको छ ।

त्यस्तै हेटौँडा सिमेन्ट उद्योगले प्रक्रिया अघि बढाएको छ । यी उद्योगको प्राधिकरणले लाइन काटेको थिएन । यसैबीच ४९ वटा उद्योगले प्रिमियमबापतको महसूल नतिरेकोमा पछिल्लो पटक १३ उद्योगले महसूल तिरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले गएको असोज २४ गते ४९ उद्योगले तिर्नुपर्ने रकमसहितको सार्वजनिक सूचना निकालेर महसूल तिर्न आग्रह गरेको थियो ।

तोकिएको १५ दिनको अवधिमा कुनै पनि उद्योगले महसूल नतिरेपछि प्राधिकरणले गएको ८ गते लाइन काटेको थियो । त्यस दिन ३४ उद्योगको लाइन काटिएको थियो । उद्योगले महसूल भुक्तान गर्न आए तिहारको सार्वजनिक बिदामा समेत बक्यौता लिने र विद्युत् लाइन जोड्ने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

सम्बन्धित

प्रहरी महानिरीक्षक कार्कीले लगाए दर्ज्यानी चिह्न

‘कुरा काटेको निहु’मा एकल महिलालाई पाँच लाख जरिवाना, पेमाले गाउँ छाडिन्

सवै कम्युनिस्ट शक्तिलाई समेटेर अघि बढ्छौ – चिरन पुन नेता नेपाली कम्युनिष्ट पार्टी (भिडियो सहित)

मधेस सरकार गठनविरूद्ध पेसी

मधेशमा आज पनि रोकिएन प्रदर्शन

एमालेबाट विघटित संसदीय दलको बैठक आह्वान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com