काठमाडौं १३ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीरास्वपा ले बालुवाटार क्षेत्रमा प्रदर्शन सुरु गरेको छ । रास्वपाका कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार प्रदर्शन सुरु भएलगत्तै प्रहरीले केही नेता कार्यकर्तालाई पक्राउ गरेको छ ।
उनका अनुसार बालुवाटारस्थित नेपाल हाउसको अगाडिबाट सांसद अशोककुमार चौधरीसमेत केही नेता कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ ।
त्यस्तै पक्राउ पर्नेहरूमा काठमाडौं जिल्ला सभापति प्रदीप बिष्ट, ललितपुर जिल्ला सभापति बुद्धरत्न महर्जन, ताप्लेजुङ जिल्ला सभापति वीरेन्द्र कुमार श्रेष्ठसहित १७ जना छन् ।
शान्तिपूर्ण रूपमा उभिएर छलफल गर्दै गर्दा प्रहरीले धरपकड गरेको कार्यवाहक महामन्त्री बुर्लाकोटीले बताए । राजनीतिक प्रतिशोध, अन्याय, बेथिति र भ्रष्टाचारविरुद्ध भन्दै रास्वपाले प्रदर्शन गरेको हो ।








प्रतिक्रिया दिनुहोस्