ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भन्सार छलीको सामान बरामद गरेको विरोधमा व्यापारीद्वारा नेपाल–भारत जोड्ने पुलमा ताला


एबीसी न्यूज

काठमाडौं ५ कात्तिक । भन्सार छलेर ल्याएको सामान पसलबाट बरामद गरेको विरोधमा दार्चुलाको सदरमुकाम खलंगाका व्यापारीले नेपाल(भारत जोड्ने झोलुंगे पुलमा ताला लगाएका छन् ।

 

उद्योग वाणिज्य संघ दार्चुलाको नेतृत्वमा व्यापारीहरूले जिल्ला सदरमुकाम खलंगास्थित नेपाल–भारत जोड्ने झोलुंगे पुलमा ताला लगाएका हुन् । प्रहरीको सुरक्षा रहने पुलमा व्यापारीले सोमबार ताला लगाएका छन् ।

व्यापारीले भने भन्सार तिरेर भित्र्याएको सामानलाई प्रहरीले अवैध भन्दै छापा मारेर बरामद गरेको भन्दै पुलमा ताला लगाएको बताए ।

उद्योग वाणिज्य संघ दार्चुलाका कार्यवाहक अध्यक्ष विशनसिंह बोहराले पटक–पटक प्रहरीले व्यापारीहलाई दुःख दिएकाले तालाबन्दीमा उत्रिनु परेको बताए । सुरक्षाकर्मीले सामानको भन्सार तिर्न लगाउने र फेरि आफैं व्यापारीको पसल बन्द गराएपछि छापा मार्न आउने बोहराको आरोप छ ।

आइतबार साँझ मात्रै प्रहरीले सदरमुकाम खलंगाको बांगाबगड बजारका दुईवटा पसलबाट भन्सार छलीको सामान बरामद गरेको थियो ।

नेपाल–भारत जोड्ने सदरमुकाम खलंगाको एकमात्र झोलुंगे पुलमा व्यापारीले तालाबन्दी गरेपछि स्थानीयको आवतजावतमा पनि समस्या प‍रेको छ । पुल बन्द भएपछि नेपालबाट भारत र भारतबाट नेपाल आएका मानिसहरू अलपत्र परेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

१० ‘विकास नायक’ लाई सम्मान

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

सम्बन्धित

केपी ओलीको स्थान हद फुकुवा

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com