ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दसैं लागेपछि धनगढी बजार सुनसान (फोटो फिचर)


एबीसी न्यूज
आश्विन २५, २०८१ शुक्रबार  ११ : ५५ बजे

काठमाडौं २५ असोज । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी रहेको धनगढी बजार सुनसान बनेको छ । जागिर, व्यापार, विभिन्न काम लगायतको सिलसिलामा यहाँ बस्दैआएका मानिस दसैं मनाउन आफ्नो गाउँघरतर्फ गएपछि धनगढी बजार सुनसान भएको हो ।

अरु बेला सडकमा अटोरिक्सा र सवारी साधनको बाक्लो चाप देखिने धनगढी बजारमा आज अटो पनि फाटफुट रुपमा मात्रै चलेको छ । पसलहरु पनि फाटफुट मात्रै खुलेका छन् । धनगढी उपमहानगरपालिकाका अनुसार धनगढीमा दुई लाख चार हजार ७८८ मानिस स्थायी रुपमा बस्दैआएका छन् ।

त्यसैगरी, विभिन्न रोजगारीसहित कामको सिलसिलामा धेरै मानिस बस्ने गर्दछन् । स्थायी र अस्थायी रुपमा यहाँ बस्दैआएका धेरैजसो मानिस दसैं मनाउन यतिबेला आ–आफ्नो गाउँघरतिर गएका छन् ।

मान्छेको निकै भीड रहने सेती प्रादेशिक अस्पताल पनि सुनसान छ । अस्पतालका धेरैजसो शøया खाली भएका छन् । दसैंमा आज र भोलि गरी दुई दिनसम्म धनगढी बजार सुनसान रहने गरेको फलफूल व्यापारी अशोक चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, “बजारमा थोरै मान्छे हिडडुल गरेको देखिएको छ । अब दुई दिनसम्म यस्तै सुनसान रहन्छ ।”

धनगढीमा सुदूरपश्चिमको पहाडी जिल्ला र कैलाली, कञ्चनपुरको ग्रामीण क्षेत्रका मानिस बस्ने गरेका छन् । चाडपर्व मनाउन धेरैजसो मानिस आ–आफ्नो गाउँघरतर्फ फर्केका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कैलालीमा गोली हानेर श्रीमतीको हत्या, युवकले आफैंमाथि पनि चलाए बन्दुक

आज समानुपातिक सांसदलाई प्रमाणपत्र, राष्ट्रपतिलाई निर्वाचन परिणाम प्रतिवेदन पनि बुझाइँदै

सम्बन्धित

आज समानुपातिक सांसदलाई प्रमाणपत्र, राष्ट्रपतिलाई निर्वाचन परिणाम प्रतिवेदन पनि बुझाइँदै

रोल्पामा कक्षा ९ का विद्यार्थीले बनाए बन्दुक

निर्वाचनमा अप्रत्याशित पराजय व्यहोरेपछि कांग्रेस सभापति थापाले दिए राजीनामा

टुँडिखेलमा सेनाको घोडेजात्रा

रास्वपामा ‘राइट टु रिकल’ कडाइका साथ लागू हुने, सांसदलाई अनुशासनमा बस्न रवि लामिछाने को कडा चेतावनी (सम्वोधनको सार यस्तो)

खोटाङको खार्तम्छामा हेलिकप्टर दुर्घटना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com