काठमाडौं, २१ फागुन । निर्वाचन आयोगले आगामी फागुन २९ गने सम्पन्न हुन लागेको राष्ट्रपति निर्वाचनको लागि मतदान गर्ने सांसदको नाम सार्वजनिक गरेको छ । निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यले भाग लिनेछन् । सार्वजनिक गरिएको सूचीमा प्रदेशसभाका ५४९ र प्रतिनिधिसभा र राष्ट्रियसभाको ३३१ सांसदको नाम सवावेश छ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको नामको सूचीमा मनाङबाट स्वतन्त्र उमेद्वार बनी विजयी भएका दिपक मनाङे उर्फ राजीव गुरुङको नाम समावेश छैन । ज्यान मुद्धामा पुनरावेदन अदालत पाटनको फैसलालाई सर्वोच्च अदालतले सदर गरेर जेल जानु परेपछि हाल उनी फरार छन् ।
त्यस्तै कैलाली टीकापुर काण्डमा दोषी पाई हाल पुर्पक्षको लागि कारागारमा रहेका अभियुक्त सांसद रमेश चौधरीको नाम भने निर्वाचन आयोगले समावेश गरेको छ । सांसद चौधरीले केही दिनअघि जिल्ला अदालत कैलालीमा गई आत्मसर्मपण गरेका थिए ।
त्यस्तै राष्ट्रियसभामा मनोनित गर्न सिफारिस गरिएको तीन जनाको नामविरुद्ध सर्वोच्चमा मुद्धा परेकाले मतदाता नामावली सूचीमा नाम समावेश छैन ।
https://drive.google.com/file/d/12indlSNG3uN7DuKo_qSeRtYbLaZt9747/view







प्रतिक्रिया दिनुहोस्