काठमाडौं, २० फागुन। अदालतको अवहेलना सम्बन्धमा कान्तिपुर पब्लिकेसन्सविरुद्ध परेको मुद्दामा आइतबारदेखि बयान सुरु भएको छ । न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र डम्बरबहादुर शाहीको इजलासमा आज कान्तिपुरका निर्देशक स्वस्तिका सिरोहियाको मात्र बयान लिइएको छ। कान्तिपुरका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहिया, प्रधान सम्पादक सुधीर शर्मा र संवाददाता कृष्ण ज्ञवालीसँग बयान भने भोलि सोमबार हुने सर्वोच्चले जनाएको छ।
आफ्नो अयोग्यतासम्बन्धी प्रश्नहरू उठेपछि प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले अवहेलना मुद्दामा म्याद पाएको ७२ घण्टाभित्र अदालतमा स्वयं उपस्थित हुन कान्तिपुरलाई र आफूविरुद्धको समाचारमा रोक लगाउन प्रेस काउन्सिललाई आदेश गरेका थिए। त्यस अनुसार कान्तिपुर बयानका लागि शुक्रबार अदालत गएको थियो। तर समयअभाव भन्दै आइतबारलाई बोलाइएको थियो।
प्रतिक्रिया दिनुहोस्