ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एएफसी महिला च्याम्पियन्स लिगमा रेखा पौडेलको पहिलो गोल


एबीसी न्यूज
भाद्र १०, २०८१ सोमबार  १ : ३६ बजे

काठमाडौं १० भदौ । नेपाली युवा फरवार्ड रेखा पौडेल एएफसी महिला च्याम्पियन्स लिगमा गोल गर्ने पहिलो नेपाली खेलाडी बनेकी छन् ।

एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणमा यूएईको क्लब अबुधाबी कन्ट्री क्लबका लागि खेल्दै ऐतिहासिक गोल गरेका हुन् ।

समूह ए अन्तर्गतको पहिलो खेलमा यूएईको अबुधाबीले लाओसको योङ इलिफन्ट्सविरुद्ध २(१ ले पराजित गर्दा रेखाले गोल गरेकी हुन् ।

एक गोलको अग्रता भइरहेको बेला रेखाले दोस्रो हाफको पहिलो मिनेटमै गोल गर्दै अबुधाबीको अग्रता दोब्बर पारेकी थिइन् । त्यसअघि युगेनिया टेट्टेहले ३८औं मिनेटमा गोल गर्दै अग्रता दिलाएकी थिइन् ।

 

रेखाले पहिलोपटक यूएईको क्लबबाट खेल्दै डेब्यु प्रतियोगितामै गोल गरेकी हुन् ।

रेखाले पहिलो खेलमै डेब्यु गोल गर्न पाउँदा खुशी व्यक्त गर्दै आगामी दिनमा अझ राम्रो प्रदर्शन गर्न मिहिनेत गर्ने बताइन् । ‘एएफसी महिला च्याम्पियन्स लिगमा आफ्नो डेब्यु खेलमा गोल गर्ने र लिगमा गोल गर्ने पहिलो नेपाली बन्न पाउँदा म धेरै खुसी छु,’ रेखाले अनलाइनखबरसँग भनिन्, ‘यो गोल मेरो नेपाललाई समर्पित छ, अरु खेलका लागि पनि अझ मिहिनेत गर्नेछु । यसको सुरुआत मात्र हो ।’

रेखाले गत वर्ष इन्डियन वुमन्स लिगमा ओडिसा एफसीबाट पनि खेलेकी थिइन् । सन् २०१९ मा नेपालमै भएको साफ महिला च्याम्पियनसिपमार्फत उनले राष्ट्रिय टिममा डेब्यु गरेकी थिइन् ।

योङ एलिफन्ट्सका लागि ८३औं मिनेटमा योन योउरेनले एक गोल फर्काइन् ।

समूह ए मा अब अबुधाबीले २८ अगष्टमा म्यानमारको म्यावाडी र ३१ अगष्टमा साउदी अरेबियाको अल नासेरसँग प्रतिस्पर्धा गर्नेछ ।

समूह सी मा रहेको नेपाली क्लब एपीएफ एफसी भने पहिलो खेलमा उज्वेकिस्तानको नासाफसँग १(० ले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

म सबै छानबिनका लागि तयार छु : प्रचण्ड

इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनी गम्भीर घाइते

सम्बन्धित

म सबै छानबिनका लागि तयार छु : प्रचण्ड

इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनी गम्भीर घाइते

संयुक्त राष्ट्रसंघको अपिल — “असल नियतका साथ वार्तामा बस्नू”

“अमेरिकामाथि भरोसा छैन” — इस्लामाबादमा इरानी सभामुख गालिबाफको कडा सन्देश

काठमाडौंका सडकमा ढकमक्क फूल फुलाउने महानगरको नयाँ अभियान (तस्बिरसहित)

सुशासनको डंका पिट्नेहरू नै सम्पत्ति लुकाउँदैछन्:शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com