ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साफ यु-२० च्याम्पियनसिप : नेपालले सेमिफाइनलमा आज भुटानसँग खेल्दै


एबीसी न्यूज
भाद्र ९, २०८१ आईतबार  २ : १२ बजे

काठमाडौं ९ भदौ । घरेलु मैदानमा जारी साफ यु(२० च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्दैछ । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा दिउँसो ३ बजे सुरु हुनेछ ।

घरेलु मैदानमा च्याम्पियन बन्ने लक्ष्य बनाएको नेपाल समूह ए मा दुवै खेल जित्दै समूह विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको थियो । नेपालले पहिलो खेलमा श्रीलंकालाई १(० ले दोस्रो खेलमा बंगलादेशलाई २(१ ले पराजित गरेको थियो ।

 

उता भुटान भने समूह बी को उपविजेता बन्दै अन्तिम चारमा पुगेको हो । पहिलो खेलमा साविक विजेता भारतसँग १(० ले पराजित भए पनि दोस्रो खेलमा माल्दिभ्सलाई २(१ ले पराजित गरेपछि भुटान पनि भारतसँगै सेमिफाइनल पुगेको हो ।

समूह चरणमा नेपाल अपराजित रहँदा तीन गोल गरेको थियो भने एक गोल व्यहोरेको थियो । पहिलो खेलमा नेपालले श्रीलंकालाई पराजित गर्दा निराजन धामीले निर्णायक गोल गरेका थिए ।

 

दोस्रो खेलमा बंगलादेशविरुद्ध समिर तामाङले नेपालका लागि गोल गरेका थिए भने एक आत्मघाती गोल उपहार पाएको थियो ।

भुटानले दुई गोल गर्दा दुई गोल नै व्यहोरेको छ । भुटानी खेलाडीले दुवै खेलमा रातो कार्ड पाएको थियो । दुवै खेलमा भुटानका एकरएक खेलाडीले रातो कार्ड पाएका थिए ।

नेपाल र भुटान तेस्रो पटक सेमिफाइनल खेल्दै

सन् २०१५ मा नेपालबाट साफ यु(१९ च्याम्पियनसिपको नामबाट सुरु भएको यस प्रतियोगिता कहिले यु(१८ र कहिले यु(१९ को नामबाट पनि भएको छ ।

सुरुबती दुई संस्करणमा च्याम्पियन बनेको नेपाल तेस्रोपटक सेमिफाइनल खेल्दैछ । गत वर्ष घरेलु मैदानमै भएको साफ यु(१९ च्याम्पियनसिपमा भने नेपाल सेमिफाइनलमै पराजित भएको थियो । त्यसअघि पहिलो संस्करणमा नेपालले सेमिफाइनल खेलेको थियो ।

सन् २०१५ मा साफ यु(१९ को नाममा काठमाडौंबाटै सुरु भएको प्रतियोगिताको पहिलो संस्करणको फाइनलमा भारतलाई हराउँदै नेपाल च्याम्पियन बनेको थियो ।

सन् २०१७ मा साफ यु(१८ को नामबाट भुटानमा भएको प्रतियोगितामा राउण्ड रोविनका आधारमा खेलाइएको थियो । त्यसमा नेपाल शीर्ष स्थानमा रहेर च्याम्पियन बनेको थियो ।

सन् २०१९ मा नेपालमै भएको साफ यु(१८ च्याम्पियनसिपमा भने नेपाल समूह चरणबाट बाहिरिएको थियो । यस्तै २०२२ मा भारतमा भएको साफ यु(२० च्याम्पियनसिप राउण्ड रोविनमा खेलाइएको थियो र नेपाल तेस्रो भएको थियो ।

घरेलु मैदानमा गत वर्ष पनि सेमिफाइनल पुगेको नेपाल भारतसँग पेनाल्टीसुटआउटमा पराजित हुँदै फाइनल पुग्न असफल भएको थियो ।

यसपटक नेपाल त्यो गल्ती दोहोर्‍याउने पक्षमा छैन । त्यसबाट पाठ सिकेको नेपाल भुटानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा छ ।

समूह एमा दुवै खेल जित्दै समूह विजेता बनेपछि नेपालका प्रशिक्षक उर्जन श्रेष्ठले सेमिफाइनलमा जो प्रतिद्वन्दी आएपनि फरक नपर्ने बताएका थिए ।

नेपालको लक्ष्य उपाधि जित्ने भएकोले सुरुमा सेमिफाइनलमा ध्यान केन्द्रित गर्ने र त्यो जित्दै फाइनल पुग्ने बताएका थिए । ‘हामीले अझै सुधार गर्नुपर्ने ठाउँ छ । समूह चरणमा भएका गल्ती सच्याउँदै सेमिफाइनलमा राम्रो प्रदर्शन गर्नुपर्छ ।’

यस्तै कप्तान कुशल देउबाले पनि प्रशिक्षकै भनाइमा सहमति जनाउँदै सेमिफाइनलमा अझ राम्रो खेल्नुपर्ने बताएका थिए ।

साफ यु(२०र१९र१८ च्याम्पियनसिपमा भुटान तेस्रोपटक सेमिफाइनल खेल्दैछ । संयोगवस यसअघि दुवैपटक नेपालमै प्रतियोगिता आयोजना हुँदा भुटानले सेमिफाइनल खेलेको थियो । तर, भुटान अहिलेसम्म फाइनल भने पुग्न सकेको छैन । यसपटक भुटान नयाँ इतिहास रच्दै फाइनल पुग्ने लक्ष्यमा छ ।

पछिल्लो समय भुटानले उमेर समूहको फुटबलमा राम्रो प्रगति गर्दै आइरहेको छ । भुटानका कप्तान पेमा जाङ्पोले प्रतियोगिता सुरु हुनुअघि नै भुटानको लक्ष्य ठूलो रहेको बताएका थिए । उनले भुटान यसपटक सहभागिता जनाउन मात्र नभई इतिहाच रच्न आएको बताएका थिए ।

उमेर समूहमा नेपाल र भुटानको विगत

नेपाल र भुटानबीच साफ यु(२० मा अहिलेसम्म तीनपटक भेट भएको छ । जसमा भुटानले दुई खेल जित्दा नेपालले एक खेल जितेको छ ।

सन् २०१५ मा भएको पहिलो संस्करणको समूह चरणमा विमल घर्ती मगरको ह्याट्रिकमा नेपालले भुटानलाई ३(१ ले पराजित गरेको थियो । तर, २०१७ मा भुटानमै भएको प्रतियोगितामा नेपाल भुटानसँग १(० ले पराजित भएको थियो ।

तर, राउण्ड रोविनका आधारमा भएको प्रतियोगितामा नेपालले त्यसपछि लगातार तीन खेल जित्दै शीर्ष स्थानमा रहेर च्याम्पियन बनेको थियो ।

सन् २०१९ मा नेपालमै भएको तेस्रो संस्करणमा भने नपाल समूह चरणमै भुटानसँग ३(० ले पराजित भएको थियो । भुटानसँग कुनै पनि नेपाली टिमले व्यहोरेको यो अहिलेसम्मकै ठूलो हार हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सीमा सुरक्षा बैठकमा बेहोस भएका सशस्त्रका एसपी राजेश घिमिरेको निधन

रास्वपालाई प्रचण्डको प्रश्न : दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?

सम्बन्धित

झापा–५ मा चुनावी सक्रियता बढाउँदै ओली (१० तस्बिर)

आजदेखि दसौँ टी–२० विश्वकप

‘बालेन लहर’ भित्रको राजनीति: कोर टीमदेखि हितैषीसम्म उम्मेदवार, सुधनका लागि सोनी किन परिन् ओझेलमा?

सामाजिक सञ्जालमा प्रहरीको उच्च निगरानी

वरिष्ठ कलाकार सुनिल थापाको निधन

सीमा सुरक्षा बैठकमा बेहोस भएका सशस्त्रका एसपी राजेश घिमिरेको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com