ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश ३ मा मन्त्रिपरिषद् विस्तार


admin
फाल्गुन १६, २०७४ बुधबार  ७ : १५ बजे

हेटौँडा १६ फागुन। प्रदेश नं ३ मा मुख्यमन्त्री डोरमणि पौडेलले मौजुदा मन्त्रिपरिषद्मा आज चार जना नयाँ मन्त्री थपी मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ ।

नवनियुक्त मन्त्रीहरुमा नेकपा (एमाले)का तर्फबाट कैलाश ढुंगेल, अरुण नेपाल, दावा दोर्जे लामा र नेकपा (माओवादी केन्द्र)का युवराज दुलाल हुनुहुन्छ ।

प्रदेश नं ३ का प्रमुख अनुराधा कोइरालाले यहाँ आयोजित समारोहमा नवनियुक्त चारजना मन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको थियो ।

उक्त कार्यक्रममा प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठ, उपसभामुख राधिका तामाङ र विभिन्न मन्त्रालयका सचिव सहभागी हुनुहुन्थ्यो ।

वर्तमान मन्त्रिपरिषद्मा मुख्यमन्त्रीसहित सात जना मन्त्री रहनुभएको मुख्य मन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

मौजुदा मन्त्रिपरिषद्को कार्य विभाजन यस प्रकार छः–

१. मुख्यमन्त्री डोरमणि पौडेल–मन्त्रिपरिषद् कार्यालय
२. केशव स्थापित– भौतिक पूर्वाधार विकास मन्त्रालय
३. शालिकराम जम्मकटेल –आन्तरिक मामिला तथा कानून मन्त्रालय
४. कैलाश ढुंगेल– आर्थिक मामिला तथा योजना ‘नवनियुक्त’
५. अरुण नेपाल– उद्योग पर्यटक, वन र वातावरण ‘नवनियुक्त’
६. दावा दोर्जे लामा– भूमि व्यवस्थापन कृषि र सहकारी ‘नवनियुक्त’
७. युवराज दुलाल –सामाजिक विकास मन्त्रालय ‘नवनियुक्त’

केही दिनअघि मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरिएको थियो ।

नवनियुक्त मन्त्रीले आगामी शुक्रबार पदबहाली गर्ने कार्यक्रम रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव रेश्मीराज पाण्डेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बैतडीमा जन्ती बोकेको बस दुर्घटना:१३ जानको मृत्यु

जाँचबुझ आयोगको कामप्रति ओलीले किन र के के विषय उठाए ?

सम्बन्धित

काठमाडौं–२ : पुरानो राजनीतिक ‘किल्ला’ फिर्ता लिने प्रयास, रास्वपाका लागि साख जोगाउने कठिन परीक्षा

ओलीका एक्का थेबेको बालेनलाई चुनौतीः ‘लिपुलेक, लिम्पियाधुरा र कालापानीबारे तपाईंको आधिकारिक धारणा के हो?’

काठमाडौँ क्षेत्र नं. ८ मा सुमन सायमीको प्रबल दाबी : किन उनीसँग ‘अपर ह्यान्ड’ छ?

हिमाल शर्मा: विद्यार्थी राजनीतिबाट पुस्तान्तरणका योद्धा, काठमाडौं–६ को उम्मेदवार

प्रचण्डको नयाँ प्रस्ताव : विप्लवलाई आत्मसमीक्षासहित फर्कन आग्रह

पृथ्वीनारायणको विरोधीलाई ‘टाउको काट्ने’ भनेका राप्रपा उम्मेदवार स्वागत नेपालले माफी मागे

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com