ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्धारित समयभित्रै काम सम्पन्न गर्न मुख्यमन्त्रीको निर्देशन


admin

हेटौँडा, १६ फागुन। प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आज धरान–चतरा सडक आयोजनाको कार्य निर्धारित समयभित्रै सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिनुभयो ।

हेटौँडा–धरान–चतरा सडकको हेटौंडा–राईगाउँ खण्डको निरीक्षण गर्ने क्रममा मन्त्री पौडेलले सडकले मकवानपुरको मात्र नभई सिंगो प्रदेशको विकासमा महत्व राख्ने बताउनुभयो ।

निरीक्षण टोलीमा आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेल, प्रतिनिधिसभा सदस्य कृष्णप्रसाद दाहाल, प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी र जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल हुनुहुन्थ्यो ।

पछिल्लो समय धरान–चतरा सडकको काम तीव्रगतिमा भइरहेको छ । तीन वर्षभित्र काम सम्पन्न गर्ने लक्ष्यका साथ ठेकेदारलाई कामको जिम्मा दिइएको छ ।

यसैगरी मन्त्री पौडेलले पूर्वी मकवानपुरको बकैया गाउँपालिकामा आजदेखि शुरु भएको साँस्कृतिक महोत्सवको उद्घाटन गर्दै महोत्सवले पूर्वी मकवानपुरको विकट स्थानमा आर्थिक कारोबार बढाउने बताउनुभयो ।

उहाँले भन्नुभयो, “यस्ता महोत्सवहरूले विकट स्थानका किसानको खेतीलाई मूल्यमा परिवर्तन गर्छ ।”

बुद्ध युवा क्लब हात्तीसुँडे तथा सहयात्री बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा शुरु भएको महोत्सवमा १५० स्टल रहने आयोजकले जनाएको छ । महोत्सवमा रु ६० लाख खर्च हुने र रु ८० लाख देखि एक करोडसम्मको कारोबार हुने बताइएको छ ।

महोत्सवबाट बचेको रकमबाट बकैया गाउँपालिकामा पार्क निर्माण गर्नुका साथै सामाजिक क्षेत्रमा खर्चिने जनाइएको छ । महोत्सवमा बकैया गाउँपालिकासहित स्थानीय संघसंस्थाको सहयोग रहेको संयोजक थिङको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

बागमतीका सभामुखले बोलाए सर्वदलीय बैठक, सहमति कार्यान्वयन हुनुपर्ने माओवादीको अडान

बागमती प्रदेशमा चल्ने सार्वजनिक गाडीको भाडा घट्यो

किसानलाई बाख्रा र धानको बीउ

रातो मच्छेन्द्रनाथको भोटो जात्रा आज, उपत्यकामा सार्वजनिक बिदा

कैदीबन्दीलाई झाडापखाला सङ्क्रमण

बिहे नगरी ‘बिए’ उत्तीर्ण गर्ने किशोरीलाई प्रोत्साहन स्वरुप एक लाख

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com