ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अहिलेको गठबन्धन डरमा आधारित छ- अध्यक्ष दाहाल


एबीसी न्यूज

काठमाडौं २३ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस र एमाले मिलेर बनेको वर्तमान गठबन्धन डरमा आधारित गठबन्धन भएको टिप्पणी गरेका छन् ।

उनले डरमा आधारित भ्रष्टाचारीहरुको संरक्षण गर्ने गठबन्धनबाट जनताले धेरै आशा गर्न सक्ने अवस्था नरहेको बताए । बुधबार पेरिसडाँडामा माओवादी केन्द्र हुम्लाले गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले अहिलेको परिस्थितिलाई नेकपा माओवादी केन्द्रले संगठन बनाउने अवसरकारुपमा प्रयोग गर्नुपर्ने बताए ।

अध्यक्ष दाहालले भने, अहिलेको गठबन्धन डरमा आधारित छ । यो गठबन्धन भ्रष्टाचारीलाई संरक्षणका लागि बनाइएको हो । हाम्रो बहिर्गमन जितको हो, हारको होइन । हामीले भ्रष्टाचारको फाइल खोलेकै कारण जबरजस्ती नेतृत्वबाट हटाइएको हो ।ु

उनले अब यही कुरालाई लिएर पार्टीले देशभरि अभियान सञ्चालन गर्नुपर्ने र पार्टीको संगठन विस्तारमा जोड दिनुपर्ने बताए ।

ुमैले संसद्‌मा गरेको सम्बोधन एउटा सम्बोधन मात्रै होइन, त्यो प्रतिक्रान्तिका विरुद्ध नयाँ क्रान्तिका लागि गरिएको अर्को अपिल पनि हो । पार्टी र नेतृत्वको मनस्थिति के हो रु अबको बाटो के हो रु कता जाने हो रु भनेर मैले स्पष्ट कुरा राखेको छु,ु उनले भने, ुहामी सरकारबाट बाहिरिँदै गर्दा एउटा भाष्य बनेकै छ ।

यो सरकारले भ्रष्टाचारका फाइल खोल्यो, र भ्रष्टाचारीहरु डराएर षड्यन्त्र गरे । प्रपञ्च गरे । र उनीहरु एक भएर माओवादी नेतृत्वको सरकारलाई हटाए भन्ने सन्देश जनतामा पुगेको छ ।ु

उनले फेरि पनि माओवादी आन्दोलनको पक्षमा नपत्याउने गरी जनलहर सिर्जना हुन सक्ने सम्भावना देखेको बताए । ुमाओवादीमा गुटहरु छन् । फेरि पार्टी फुट्ने पो हो कि भनेर तपाईहरु सशंकित हुनुपर्दैन,ु उनले भने, ुअब फुट्ने होइन, जुट्ने बेला छ । हिजो फुटेका साथीहरु पनि फेरि एकपटक पार्टीमा गोलबद्ध हुन तयार भएर आउनुभएको छ । मैले त्यसको नेतत्व गर्ने प्रयास गरिरहेको छु ।ु

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com