ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आवधिक निर्वाचन लोकतन्त्रको महत्त्वपूर्ण आधारस्तम्भ : गृहमन्त्री


एबीसी न्यूज

काठमाडौं २२ साउन । गृहमन्त्री रमेश लेखकले आवधिक निर्वाचन लोकतन्त्रको महत्त्वपूर्ण आधारस्तम्भ रहेको बताउनुभएको छ ।

गृहमन्त्री लेखकसँग निर्वाचन आयोगले मङ्गलबार आयोगसँग सम्बन्धित विषयहरुमा महत्त्वपूर्ण छलफल गरेको छ । उक्त छलफलमा गृहमन्त्री लेखकले सो कुरा बताउनुभएको हो ।

उक्त कार्यक्रममा गृहमन्त्रीसमक्ष निर्वाचन आयोग, निर्वाचन व्यवस्थापन विधेयक तथा राजनीतिक दलसम्बन्धी एने, २०७३ को संशोधनका विषयमा छलफल भएको आयोगका सहसचिव एवम् प्रवक्ता रघुराम बिष्टले जानकारी दिनुभयो ।

गृहमन्त्री लेखकले कार्यक्रममा आवधिक निर्वाचन लोकतन्त्रको महत्त्वपूर्ण आधारस्तम्भ रहेको र आयोगको पारदर्शी, स्वच्छ, स्तन्त्रत, निष्पक्ष र विश्वसनीय निर्वाचन सञ्चालन र व्यवस्थापनमा कुलतापूर्वक भूमिका निर्वाह गरेको विचार व्यक्त गर्नुभयो ।

यसका साथै निर्वाचन आयोगको भवन लगायतका पूर्वाधार निर्माण, निर्वाचन व्यवस्थापन विधेयक तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को संशोधनका विषयमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिवद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।

यसैगरी, प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले नेपालको संविधानमा सबै तहका निर्वाचनहरूको सञ्चालन रेखदेख, निर्देशन र नियन्त्रण गर्नका लागि स्थापित स्वतन्त्र एवम् स्वायत्त आयोगको दायित्वका बारेमा प्रष्ट पार्नुभयो । साथै उहाँले निर्वाचन आयोगको कार्यालय भवनको पुनर्निर्माण, प्रस्तावित एकीकृत निर्वाचन कानुन र सोमा भएका नयाँ व्यवस्था तथा  राजनीतिक दल सम्बन्धी ऐन, २०७३ लाई परिमार्जित गरी परिष्कृत गर्दा व्यवस्था गर्नुपर्ने मुख्य विषयहरूका बारेमा प्रष्ट पार्नुभयो ।

उक्त कार्यक्रममा निर्वाचन आयोगका आयुक्तहरू, आयोगका सचिव, गृह मन्त्रालयका सचिव तथा आयोग र गृह मन्त्रालयका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com