ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वीरगन्ज नाकाबाट हुने हवाई इन्धन र ग्यासको आयात घट्यो


एबीसी न्यूज
श्रावण २०, २०८१ आईतबार  १२ : ५५ बजे

काठमाडौं २० साउन ।  मुलुकको प्रमुख व्यापारिक नाका वीरगन्ज हुँदै आयात गरिने खाना पकाउने ग्यास ९एलपीजी० र हवाई इनधनमा कमी आएको छ।

गत आर्थिक वर्षमा वीरगन्ज नाकाबाट खाना पकाउने ग्यासको आयातमा चार प्रतिशत र हवाई इन्धनको आयातमा ७१ प्रतिशतले कमी आएको हो।

वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी रघुलाल कर्णका अनुसार, आर्थिक वर्ष २०७९र८० मा वीरगन्ज नाका प्रयोग गरी ३३ अर्ब १३ करोड बराबरको दुई लाख ९० हजार दुई सय ८७ मेट्रिक टन खाना पकाउने ग्यास आयात गरिएको थियो। गत आर्थिक वर्ष ३० अर्बको दुई लाख ६७ हजार ४८ मेट्रिक टन ग्यास आयात भएको छ। ११ हजार दुई सय ३८ मेट्रिक टन कम ग्यास अयात भएको हो।

भन्सार कार्यालयको तथ्यांकअनुसार अघिलो आर्थिक वर्षमा वीरगन्ज नाकाबाट १७ अर्ब ३१ करोडको पाँच लाख ९७ हजार एक सय ४४ किलोलिटर ९केल० हवाई इन्धन आयात भएकामा गत आर्थिक वर्षमा १८ अर्ब २१ करोडको एक लाख ७३ हजार चार सय ८४ केल आयात भएको छ।

खाना पकाउने ग्यास र हवाई इन्धनको आयातमा सङ्कुचन देखिए पनि नेपालमा सबैभन्दा बढी खपत हुने डिजल र पेट्रोलको आयात भने बढेको छ।

वीरगन्ज नाकाबाट आर्थिक वर्ष २०७९र८० को तुलनामा गत आवमा डिजल चार प्रतिशत र पेट्रोलको आयात दुई प्रतिशतले बढेको छ।

आव २०७९र८० मा एक खर्ब १३ अर्ब ५८ करोडको १० लाख ४० हजार पाँच सयको डिजल र ३८ अर्ब २४ करोडको तीन लाख ८९ हजार सात सयको पेट्रोल आयात भएको थियो।

गत आवमा एक खर्ब नौ अर्ब २९ करोडको १० लाख ८३ हजार पाँच सयको डिजल र ३९ अर्ब दुई करोडको तीन लाख ९४ हजार सात सयको पेट्रोल आयात भएको सूचना अधिकारी कर्णले जानकारी दिए। उनका अनुसार नेपालका लागि आवश्यक ७० प्रतिशत इन्धनको आयात वीरगन्ज नाकाबाट हुन्छ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

६ किसिमका परिचयपत्रमार्फत मतदान गर्न पाइन्छ

भक्तपुरमा राइफलसहित एक जना पक्राउ

सम्बन्धित

६ किसिमका परिचयपत्रमार्फत मतदान गर्न पाइन्छ

भक्तपुरमा राइफलसहित एक जना पक्राउ

नयाँबानेश्वरमा टिपरको ठक्करबाट मृत्यु हुने व्यक्ति सरकारी कर्मचारी

मध्यपूर्वमा भूकम्प : इरान युद्ध ७२ घण्टामै दर्जनौं देशमा फैलियो

‘ट्रम्प युद्ध विरोधी थिए भन्ने धारणा सधैंभर भ्रमपूर्ण’

तराई मधेशमा आज होली पर्व मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com