नेकपा (एकीकृत समाजवादी) ले ३४४ सदस्यीय केन्द्रिय कमिटी बनाएको छ ।
शुक्रवार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बसेको बैठकले आकांक्षीहरुलाई सम्बोधन हुनेगरी ठूलो आकारको केन्द्रिय कमिटी बनाएको हो । पार्टीको १० औं राष्ट्रिय महाधिवेशनले अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाललाई चयन गर्दै ९३ जना केन्द्रिय सदस्यहरुको घोषणा गरेको थियो । आज बसेको बैठकले केन्द्रिय सदस्यहरुको संख्या बढाएर ३४४ जना पु¥याउने निर्णय गरेको पार्टीका उपमहासचिव एवं प्र्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।
केही दिनभित्र चयन गरिएका केन्द्रिय सदस्यहरुको शपथग्रहण हुने पनि सो पार्टीले जनाएको छ । शपथग्रहण पछि पार्टीको पदाधिकारी चयन हुने बित्तिकै पदाधिकारीहरुको चयन पनि हुने पार्टीका प्रवक्ता खतिवडाले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्