काठमाडौं १७ साउन । कतारी शेखको नेपाल भ्रमणमा सरकारले करिब साढे २ करोड रुपैयाँ खर्च गरेको छ।
राष्ट्रपति रामचन्द्र पौडेलको निमान्त्रणमा कतारी शेख तमिम बिन हमाद अल थानीले गत वैशाख दोस्रो साता नेपालको औपचारिक भ्रमण गरेका थिए।
उक्त भ्रमणका क्रममा २ करोड ४६ लाख रुपैयाँ खर्च भएको हो।
यसमध्ये अर्थ मन्त्रालयले १ करोड १७ लाख रुपैयाँ खर्चको भुक्तानी परराष्ट्र मन्त्रालयलाई दिएको छ भने राष्ट्रपतिको कार्यालयलाई थप १ करोड २९ लाख रुपैयाँ निकासा गरेको छ।
प्रतिक्रिया दिनुहोस्