काठमाडौं १६ साउन । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाका ६ समितिका सभापतिसँग छलफल गर्ने भएका छन्।
संसद बिजनेसविहीन भएपछि सभामुखले विधेयक विचाराधिन रहेका ६ वटा समितिका सभापतिसँग छलफल गर्न लागेका सभामुखको सचिवालयले जानकारी दिएको छ। दिउँसो ३ बजे सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा छलफल हुँदैछ।
प्रतिनिधि सभा अन्तरगतको अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन न्याय तथा मानवअधिकार समिति, राज्य व्यवस्था तथा सुशासन समिति, पूर्वाधार विकास समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापतिसँग सभामुखले छलफल गर्न लागेका हुन्।
प्रतिक्रिया दिनुहोस्