ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तीन प्रदेश प्रमुख बदलिए, सचिवहरुको हेरफेर: अर्थमा घिमिरे, मरासिनी उपराष्ट्रपति कार्यालयमा, संचारमा राधिका अर्याल


एबीसी न्यूज
श्रावण १५, २०८१ मंगलबार  ३ : ०८ बजे

काठमाडौं १५ साउन । काठमाडौं सोमाबार बसेको मन्त्रिपरिषद् बैठकले वाग्मती, लुम्बिनी र कर्णाली प्रदेशका प्रमुख हटाएर नयाँ नियुक्ति गरेको छ । वाग्मतीमा दिपकप्रकाश देवकोटा, लुम्बिनीमा कृष्णबहादुर घर्ती र कर्णालीमा यज्ञराज जोशीलाई प्रदेश प्रमुखमा नियुक्त गरेको हो ।

देवकोटा एमालेका नेता हुन् भने घर्ती र जोशी कांग्रेसका पुराना नेता हुन् । जोशी यसअघि पार्टीको केन्द्रीय सदस्य थिए भने घर्ती रोल्पाका पूर्व जिल्ला सभापति हुन् ।

यसअघि वाग्मतीको प्रमुखमा माधव नेपाल निकट यादव शर्मा, लुम्बिनी प्रदेश प्रमुख माओवादीका अमिक शेरचन र कर्णाली प्रदेश प्रमुखमा पनि माओवादकिा तिलक परियार थिए ।
सचिवको व्यापक फेरबदल
मन्त्रिपरिषद्ले सचिवहरूको सरूवा गरेको छ । अर्थ सचिव मधुकुमार मरासिनीको ठाउँमा राजस्व सचिव रामप्रसाद घिमिरेलाई ल्याइएको छ । मरासिनीलाई उपराष्ट्रपति कार्यालयमा सरूवा गरिएको छ ।

राजस्व सचिवमा उद्योग मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेलाई जिम्मेवारी दिइएको छ । मन्त्रिपरिषद्ले अन्य मन्त्रालयका सचिवहरूको पनि जिम्मेवारी हेरफेर गरेको छ ।उपराष्ट्रपति कार्यालयकी राधिका अर्याललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा ल्याइएको छ । त्यस्तै श्रम मन्त्रालयका घनश्याम उपाध्यायलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरूवा गरिएको छ भने अख्तियारका रामेश्वर दंगाल उद्योगमा सरूवा भएका छन् । श्रम मन्त्रालयमा मुकुन्दप्रसाद निरौलालाई ल्याएको छ । रक्षाका किरणराज शर्मालाई प्राकृतिक स्रोत तथा वित्त आयोगमा सरूवा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नीति तथा कार्यक्रममाथिको संशोधन प्रस्तावमा कुन सांसदले के भने ?

संविधानका अक्षरहरू बहुमतको गणितले मात्रै कोरिन हुँदैन : सुहाङ नेम्वाङ

सम्बन्धित

ट्रम्प-सी शिखर भेट : ताइवान मुद्दामा सीको चेतावनी, ट्रम्पको प्रशंसा

ट्रम्पले बारम्बार भने : राष्ट्रपति सी महान् नेता हुन्

नीति तथा कार्यक्रममाथिको संशोधन प्रस्तावमा कुन सांसदले के भने ?

संविधानका अक्षरहरू बहुमतको गणितले मात्रै कोरिन हुँदैन : सुहाङ नेम्वाङ

ट्रम्पलाई बेइजिङमा स्वागत गर्दै सीको सन्देश : ‘प्रतिद्वन्द्वी होइन, साझेदार बन्नुपर्छ’

संसद् छल्दै प्रधानमन्त्री वालेन्द्र, बढ्दो आलोचना र जवाफदेहितामाथि प्रश्न

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com