ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्कूल बस दुर्घटना अपडेटः घाइतेमध्ये २ जनाको मृत्यु


abc tv
श्रावण १४, २०८१ सोमबार  ११ : ५१ बजे

पोखरा । पोखरा २१ रामदीबाट पोखरातर्फ आउँदै गरेको स्कुल बस दुर्घटना हुँदा दुुइ जनाको मृत्यु भएको छ ।

सोमबार बिहान ९ बजेतिर गुड्कु भन्ने ठाउँमा सडकको घुम्तीबाट स्कुल बस ५० मिटर तल खसेर दुर्घटना भएकोे हो ।

पोखरा १७ बिरौटास्थित एलपी देवकोटा मेमोरियल ईङ्लिस बोर्डिङ स्कुलको ग १ क ६२१९ नम्बरको बस दुर्घटना हुँदा चालक तथा विद्यार्थी र अभिभावक गरी ३० जना घाइतेमध्ये २ जनाको उपचारको क्रममा मृत्यु भएको कास्की प्रहरी प्रवक्ता बसन्त कुमार शर्माले जानकारी दिए ।

उपचारको क्रममा विद्यालयको कार्यालय सहयोगीको रुपमा काम गर्ने ३३ वर्षिया आरती बिक र ५ वर्षिय प्रिन्स बिकको गण्डकी मेडिकल कलेजमा मृत्यु भएको हो ।

बस दुर्घटनामा घाइते मध्ये पोखरा २१ कृष्तिका ९ वर्षिय अनमोल बिक, सोही ठाँउका ५ वर्षिय रोशन बराल, रामदी बस्ने १४ वर्षिय दिप्सन कार्की, वर्ष ६को योना गुरुङ, १३ वर्षिय डिना गुरुङ, १५ वर्षिय प्रकृति कार्की, एकहातका ६वर्षिय प्रिन्स राना, रामदी बस्ने ७ वर्षिय चिजा बिक, ९ वर्षिय प्रवेश काकी, १२ वर्षिया विसिका पौडेल, ११ वर्षिय बिश्वास पौडेल, १२ वर्षिया सिम्रन बिक र ११ वर्षिय विवश खत्रीको को गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

त्यसैगरी घाइते मध्ये पोखरा २१ का ८ वर्षिया अनन्या पौडेल, ३ वर्षिया सिमन मगर ३ वर्षिय न्युजन मगर, ७ वषिएय रिजन मगर १३ वर्षिय रामकृष्ण नेपाली २ वर्षिय अंकित खत्री १४ वर्षिया सीतादेवी बिक ९ छोरेपाटन स्कुलमा अध्ययनरत, २ वर्षिय अंकित खत्री, ७ वर्षिय अस्मित बिक, ७ वर्षिय अस्मित बिक, स्कुलको फि तिर्न आएका ३० वर्षिय सुमित्रा सुनार, २ वर्षिय निर्दोष सुनार, शिक्षक ३० वर्षिय सपना आले र ११ वर्षिय निश्चल सुनारको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ९गण्डकी अस्पताल० मा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी बसका चालक पोखरा १७ बिरौटा बस्ने ५५ वर्षिय टेक बहादुर भुजेल, पोखरा २१ रामदी बस्ने ८ वर्षिय निशान सुनार र ५ वर्षिय सागर थापाको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

डिजेल र मट्टितेलको मूल्य बढ्यो

बालेन शाहको राजनीतिक उदय: र्‍यापरदेखि प्रधानमन्त्री उम्मेदवारसम्मको यात्रा

सम्बन्धित

डिजेल र मट्टितेलको मूल्य बढ्यो

Communist Unity is Today’s Imperative: Coordinator Prachanda

बालेन शाहको राजनीतिक उदय: र्‍यापरदेखि प्रधानमन्त्री उम्मेदवारसम्मको यात्रा

ओलीको बालेनप्रति व्यंग्य: ‘बतासे अण्डा र बतासको खेती’ – झापा–५ मा चुनावी आगो बल्यो !

फागुन २१ मा चुनाव हुने नहुने ठेगान छैन,उच्च पहाडी र हिमाली जिल्लामा मतदान हुँदैन– ओली

७२ वर्ष पुगेँ, अझै केही वर्ष भिड्छु : प्रचण्ड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com