काठमाडौं १३ साउन । देशका २७ जिल्लाका नदीनालामा बाढी आउने र त्यसले जोखिम निम्त्याउने सम्भावना देखिएकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।
महाशाखाका अनुसार आज दोलखा, सिन्धुपाल्चोक, गोरखा, लमजुङ, तनहुँ, कास्की र आसपासका जिल्ला भई बहने अधिकांश ससाना नदीमा बहाव बढ्ने तथा केहीमा आकस्मिक बहाव हुनसक्ने अनुमान छ। त्यसैले उच्च सतर्कता अपनाउन महाशाखाले भनेको छ।
पछिल्लो २४ घण्टामा देशभरमै सबैभन्दा ठूलो वर्षा सिन्धुपाल्चोकमा
यसैगरी आज ताप्लेजुङ, संखुवासभा, रामेछाप, नुवाकोट, धादिङ, काठमाडौँ, ललितपुर, भक्तपुर, पर्वत, बागलुङ, म्याग्दी, रुकुमपूर्व, रुकुमपश्चिम, रोल्पा, सुर्खेत, दैलेख, अछाम, डोटी, बझाङ, दार्चुला, डडेल्धुरा, बैतडी र आसपासका जिल्ला भई बहने अधिकांश ससाना नदीमा पनि बहाव बढ्ने अनुमान रहेको महाशाखाले जनाएको छ।
उसले सजग गराउँदै अगाडि भनेको छ– सतर्कता अपनाइराखौँ।
प्रतिक्रिया दिनुहोस्