काठमाडौं ९ साउन । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामासहित १० मन्त्रीले आज ९बुधबार० पद तथा गोपनीयताको शपथ खाएका छन्।
प्रदेश प्रमुखको कार्यालयमा उनीहरूले शपथ खाएका हुन्।
१३ मन्त्रालय रहेको बागमती प्रदेशमा कांग्रेसको भागमा मुख्यमन्त्री कार्यालयसहित ७ र एमालेको भागमा भौतिक पूर्वाधार विकास मन्त्रालयसहित ६ वटा मन्त्रालय परेका छन्।
जसअनुसार एमालेबाट प्रकाश श्रेष्ठ कृषि तथा पशुपन्छी विकास मन्त्री, सुकमाया तामाङ उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री, अमनकुमार मास्के भौतिक पूर्वाधार विकासमन्त्री, कृष्ण सिलवाल वन तथा वातावरण मन्त्री, प्रेमभक्त महर्जन श्रम रोजगार तथा यातायात मन्त्री र किरण थापा स्वास्थ्यमन्त्री बनेका छन्।
यस्तै कांग्रेसबाट मुख्यमन्त्री लामासहित तीन मन्त्रीले शपथ खाएका छन्।
कांग्रेसका तीन मन्त्रीमा कुन्दन राज काफ्ले, श्यामबहादुर खड्का र मधुकुमार श्रेष्ठले शपथ खाएका हुन्।
उनीहरूले बिनाविभागीय मन्त्रीका रूपमा शपथ खाएका हुन्। साथै कांग्रेसले ३ मन्त्रीको नाम अझै टुंगो लगाउन सकेको छैन।
प्रतिक्रिया दिनुहोस्