
कैलाली, १४ फागुन । राष्ट्रिय जनता पार्टीका तर्फबाट निर्वाचित सांसद रेशम चौधरीले अदालतमा आत्मसमर्पण गरेका छन् ।
सांसदमा निर्वाचित भएपनि कैलालीको टीकापुर घटनामा दोषी ठहर भएपछि अदालतले पक्राउ गर्न आदेश दिएका चौधरीले जिल्ला अदालत कैलालीमा आत्मसमर्पण गरेका हुन् । अदालत परिसरको सुरक्षा ब्यवस्था कडा बनाइएको छ । चौधरी कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।







प्रतिक्रिया दिनुहोस्