
काठमाडौं , १४ फागुन। प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् विस्तार गर्ने पक्का भएका छ । दुई पार्टी विच सहमति जुटेपनि मन्त्रीका आकाँक्षिहरु धेरै भएकोले ढिलाइं भएको मन्त्रीमण्डल आज विस्तार हुदैछ । प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच बालुवाटारमा छलफल जारी छ ।
माओवादीबाट मन्त्री बन्नेहरुको नामावली बुझाउन प्रचण्ड बालुवाटार पुगेको माआवादी स्रोतले बतायो । माओवादी केन्द्रका एक नेताले एमाले र माओवादीकालाई समेटेर आज मन्त्रिपरिषद् विस्तार हुने जानकारी दिए ।
प्रधानमन्त्री ओली मन्त्रिपरिषद् विस्तारको तयारीमा लागे पनि दुवै पार्टीले अहिलेसम्म मन्त्री छनोट गर्न सकेका छैनन् । मन्त्रीका आकांक्षी धेरै देखिएपछि दुवै पार्टीले नाम छनोट गर्न नसकेका हुन् । नाम छनोट गर्न ओली र प्रचण्ड छलफलमा जुटेका छन् ।
संयुक्त बैठकले मन्त्रीको नाम टुंगो लगाउने र त्यसपछि दिउँसो ३ बजे मन्त्रीहरुले शपथ लिने एमाले–माओवादीका नेताहरुले जानकारी दिएका छन् । ‘मन्त्रीको अन्तिम टुंगो लगाउन दुवै दलका अध्यक्षको संयुक्त बैठक बस्दैछ, बैठकले नाम टुंग्याएपछि प्रधानमन्त्रीले आजै मन्त्रिपरिषद् विस्तार हुने स्रोतले बतायो ।







प्रतिक्रिया दिनुहोस्