ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टी–२० विश्वकप : बङ्ग्लादेशले नेदरल्याण्ड्सलाई २५ रनले हरायो


एबीसी न्यूज
जेष्ठ ३२, २०८१ शुक्रबार  ६ : २८ बजे

काठमाडौं, ३२ जेठ । आईसीसी टी–२० विश्वकपमा बङ्ग्लादेशले नेदरल्याण्ड्सलाई हराएको छ । गएराति भएको खेलमा बङ्ग्लादेशले नेदरल्याण्ड्सलाई २५ रनले पराजित गरेको हो । बङ्ग्लादेशले दिएको १ सय ६० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३४ रन मात्र बनाउन सक्यो ।

नेदरल्याण्ड्सका लागि एनगेलब्रेक्टले सर्वाधिक ३३ रन बनाए । बङ्ग्लादेशका होसेनले ३ विकेट लिए । त्यसअघि सेन्ट भिन्सेन्टमा टस गरेर पहिला ब्याटिङ गरेको बङ्ग्लादेशले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ५९ रन बनाएको थियो । उसका शाकीब अल हसनले सर्वाधिक ६४ रन बनाए । नेदरल्याण्ड्सका आर्यन दत्त र पल भ्यान मिकरनले २–२ विकेट लिए ।

जितपछि नेपाल रहेको समूह ‘डी’ को बङ्ग्लादेश ३ खेलमा ४ अङ्कसहित दोस्रो स्थानमा छ । नेदरल्याण्ड्सको ३ खेलमा २ अङ्क रहेको छ । नेपालको २ खेलमा १ अङ्क रहेको छ । बङ्ग्लादेशको जित पछि श्रीलङ्का एक खेल अगावै प्रतियोगिताबाट बाहिरिएको छ ।

श्रीलङ्काको ३ खेलमा १ अङ्क मात्र रहेको छ । पहिलो स्थानको दक्षिण अफ्रिका ३ खेलमा ६ अङ्कसहित सुपर ८ मा पुगिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इलाममा भूकम्पको धक्का

निर्वाचनलाई मिथ्या सूचना र सूचना हेरफेरको ‘परीक्षण स्थल’ बनाउने जोखिमप्रति गम्भीर चिन्ता के हो ?

सम्बन्धित

अमेरिकाका लागि एसियाबाट सिक्नुपर्ने पाठहरू

निर्वाचनलाई मिथ्या सूचना र सूचना हेरफेरको ‘परीक्षण स्थल’ बनाउने जोखिमप्रति गम्भीर चिन्ता के हो ?

झापा–५ मा चुनावी सक्रियता बढाउँदै ओली (१० तस्बिर)

आजदेखि दसौँ टी–२० विश्वकप

‘बालेन लहर’ भित्रको राजनीति: कोर टीमदेखि हितैषीसम्म उम्मेदवार, सुधनका लागि सोनी किन परिन् ओझेलमा?

वरिष्ठ कलाकार सुनिल थापाको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com