काठमाडौँ, १३ फागुन । स्पेनिस ला लिगा अन्तरगत गएराति बार्सिलोनाको मैदान क्याम्प नोउमा भएको खेलमा बार्सिलोनाले शानदार जित हासिल गरेको छ ।
लुइस स्वारेजले ह्याट्रिक पूरा गर्दा बार्सिलोना ६–१ गोल अन्तरले विजयी भयो । जिरोनाले दोस्रो मिनेटमा नै लिएको अग्रताविरुद्ध घरेलु टिमले ६ गोल गरेको थियो । स्वारेजको ह्याट्रिकसंगै लियोनेल मेस्सीले २ गोल गरेका थिए भने फिलिपे काउटिन्होले पनि एक गोल गरे ।
तेस्रो मिनेटमा पोर्तुले गोल गर्दै जिरोनालाई अग्रता दिलाउ“दा घरेलु समर्थक स्तब्ध भए । तर त्यो अग्रता दुई मिनेटभन्दा बढी टिक्न सकेन् । पाचौं मिनेटमा स्वारेजले गोल गर्दै खेल बराबरीमा पु¥याए । ३० औं मिनेटमा लियोनेल मेस्सीले गोल गर्दै बार्सिलोनालाई २–१ को अग्रता दिलाए ।
३६ औं मिनेटमा मेस्सीले उत्कृष्ट फ्रिकिक गोल गरे भने ४४ औं मिनेटमा स्वारेजले व्यक्तिगत दोस्रो गोल गर्दा पहिलो हाफ अघि बार्सिलोनाले ४–१ को अग्रता लिएको थियो ।
६६ औं मिनटमा फिलिपे काउटिन्होले बार्सिलोनाको खातामा पाचौं गोल थपे भने ७६ औं मिनेटमा लुइस स्वारेजले ह्याट्रिक पूरा गर्दा बार्सिलोना ६–१ को विजयी भयो ।
जितसंगै बार्सिलोनाले दोस्रो स्थानको एथलेटिको मड्रिडसंगको दूरी १० अंकमा लम्ब्याएको छ । जिरोनाको भने ३४ अंक छ ।






प्रतिक्रिया दिनुहोस्