ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश नं ६ को नामाकरण: कर्णाली प्रदेश , राजधानी वीरेन्द्रनगर


एबीसी न्यूज

सुर्खेत, १२ फागुन ।   ६ नम्बर प्रदेशको   कर्णाली प्रदेश हुने भएको छ ।  आज (शनिवार) बसेको प्रदेश सभाको चौथो बेठकले प्रदेशको नाम कर्णाली प्रदेश र राजधानी वीरेन्द्रनगर रहेने प्रस्ताव पारित गरेको छ । यससँगै प्रदेशको नामाकरण र राजधानी बारे निर्णय गर्ने ६ नम्बर प्रदेश पहिलो बनेको छ । शनिवारको संसद बैठकमा सभामुख राजबहादुर शाहीले एमाले नेता यामलाल कंडेलले पेश गरेको ‘कर्णाली प्रदेश र राजधानी सुर्खेत’ भन्ने प्रस्ताव पारित भएको घोषणा गरेका थिए ।

नेकपा एमालेका संसदीय दलका नेता यामलाल कंडेलले वैठकमा संवैधानिक व्यवस्था अनुरुप प्रदेशको भौगोलिक, पहिचान, सांस्कृतिक आधारमा प्रदेशको नाम कर्णाली प्रदेश राख्न निर्णयार्थ प्रस्ताव पेश गरेका थिए ।

उनले सबै दलहरुबीच छलफल र सहमतिका आधारमा यो प्रस्ताव तयार पारिएको बताए । उनको प्रस्तावलाई सभामुख राजबहादुर शाहीले संसदमा निर्णयार्थ पेश गरेका थिए । उक्त प्रस्तावको पक्षमा ३७ मत परेको थियो भने विपक्षमा कुनै मत परेन ।

एमाले नेता कंडेलले प्रस्ताव गरेको  प्रदेशको नाम ‘कर्णाली’ लाई नेपाली कांग्रेसका सांसद दिनबन्धु श्रेष्ठले समर्थन जनाएका थिए ।

सत्तापक्षले राखेको प्रस्तावलाई प्रमुख प्रतिपक्षि दलले समेत सर्मथन गरेको हो ।  उनले यो प्रदेश अब आर्थिक गन्तव्य तर्फ अग्रसर भएको बताए । ‘भौगोलिक रुपमा विकट भएपनि हामीले हाम्रा प्राकृतिक स्रोत र साधनलाई प्रयोग गर्न सकेका छैनौं ।’ उनले भने, ‘विकास निर्माण, प्रजातन्त्रका कुरामा हामी पक्ष विपक्ष हुनेछैनौं ।’ यो ऐतिहासिक घडि भएको बताउँदै प्रदेशको नाम र राजधानी तोक्ने विषयमा हामीबीच असहमति  रहेको छैन  उनले भने ।

अर्का सांसद वीरबहादुर शाहीले पनि नेता कंडेलको उक्त प्रस्तावमा माथि सर्मथन जनाएका थिए ।

राप्रपा सांसद सोशिला शाहीले पनि नेता कंडेलले राखेको उक्त प्रस्तावमाथि सर्मथन जनाएकी थिईन । उनले प्रदेशको नाम कर्णाली प्रदेश हुनुपर्ने र राजधानी मौसमी बनाउनुपर्ने माग गरिन ।

सभामुख राजबहादुर शाहीले उक्त प्रस्ताव पेश भइसकेपछि छलफलका लागि सांसदहरुलाई समय दिए । छलफलमा सांसदहरु कौशिलावती खत्री,  सीता कुमारी नेपाली, सांसद हिमबहादुर शाही, दानसिंह परियार, पदमबहादुर रोकाया, कृष्णा शाहलगायतले सहभागिता जनाउदै सर्मथन जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com