ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमालेबाट को को मन्त्री बन्दै ? (नाम सहित)


एबीसी न्यूज

 

काठमाडौँ, १२ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मन्त्रीहरुको सूची बनाउन व्यस्त छन् । एमाले अध्यक्ष ओली निकट स्रोतका अनुसार, ओलीले शनिबार मन्त्रीको सूची तयार गरेर आइतबार सपथ गराउने तयारी गरिरहेका छन् ।

एमालेबाट महासचिव ईश्वर पोखरेल उपप्रधानमन्त्रीसहित अर्थ तथा योजना मन्त्री बन्दैछन् । यसैगरी, सचिव प्रदीप ज्ञवाली परराष्ट्रमन्त्री बन्नेछन् । यी दुई मन्त्रालयको करिब करिब पक्कापक्की भइसकेको छ ।
यसैगरी, उपमहासचिव विष्णु पौडेल वा सुरेन्द्र पाण्डे रक्षामन्त्री बन्ने सम्भावना छ । सचिव गोकर्ण विष्ट संघीय मामिला तथा सामान्य प्रशासन वा सूचना संचार तथा विज्ञान प्रविधि मन्त्री बन्ने सम्भावना छ । युवा नेता भानुभक्त ढकाल कानुन तथा न्याय संसदीय मामिला मन्त्री बन्ने चर्चा छ । यसैगरी, रवीन्द्र अधिकारी भौतिक पुर्वाधार यातायात मन्त्री बन्ने सम्भावना छ । युवा नेता जगत विश्वकर्मा पर्यटन मन्त्री र गोकुल बास्कोटा शिक्षा खेलकुद तथा संस्कृति मन्त्री बन्ने चर्चा छ । मन्त्रीको चर्चामा योगेश भट्टराई, महेश बस्नेत, राजेन्द्र गौतम, पार्वत गुरुङ, नारदमुनि राना, गणेश ठगुन्ना पनि छन् ।
रघुवीर महासेठ, पदमा अर्याल, किसान श्रेष्ठको पनि चर्चा रहे पनि पछिल्लोपटक उनीहरुको सम्भावना न्यून भएको स्रोतको दाबी छ । राजपाबाट छुटिएको मधेशी नेताहरुको स्वतन्त्र समूह (हृदयेश त्रिपाठी समूह) बाट बृजेशकुमार गुप्ता बन्ने सम्भावना छ ।

एमाले स्थायी समितिको शुक्रबारको बैठकले संसदीय दलका नेता समेत रहेका पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन्त्री छान्ने जिम्मा दिएको थियो ।

एमालेले पाएका मन्त्रालयहरु

अर्थ तथा योजना मन्त्रालय
रक्षा मन्त्रालय
भौतिक पुर्वाधार यातायात मन्त्रालय
सूचना संचार तथा विज्ञान प्रविधि मन्त्रालय
शिक्षा खेलकुद तथा संस्कृति मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
कानुन तथा न्याय संसदीय मामिला मन्त्रालय
परराष्ट्र मन्त्रालय
पर्यटन मन्त्रालय

माओवादी केन्द्रले पाएका मत्रालयहरु

गृह मन्त्रालय
उर्जा जलविद्युत तथा नविकरणीय मन्त्रालय
शहरी विकास,आवास खानेपानी तथा सरसफाइ मन्त्रालय
वन वातावरण जलवायु परिवर्तन मन्त्रालय
श्रम रोजगार तथा महिला बालवालिका जेष्ठ नागरिक मन्त्रालय
कृषि, सिचाई खाद्य सुरक्षा सहकारी तथा भुमिसुधार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com