ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टेस्ट देश आयरल्यान्डलाई हराउँदै टी–२० विश्वकपमा क्यानडाको ऐतिहासिक जित


एबीसी न्यूज
जेष्ठ २६, २०८१ शनिबार  ६ : ४३ बजे

काठमाडौं, २६ जेठ ।  आईसीसी टी–२० विश्वकप क्रिकेटमा क्यानडाले टेस्ट देश आयरल्यान्डलाई हराउँदै ऐतिहासिक जित निकालेको छ। एसोसियट देश क्यानडाले पहिलो पटक विश्वकप खेलेको हो । गएराति न्यूयोर्कमा भएको खेलमा क्यानडाले आयरल्यान्डलाई १२ रनले हरायो ।

टस हारेर पहिला ब्याटिङ गरेको क्यानडाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय ३७ रन बनाएको थियो । उसका निकोलस किर्टोन अर्धशतक बनाउन एक रनले चुके । उनले ४९ रन बनाए । त्यस्तै श्रेयस मोभ्भाले ३७ रन जोडे । आयरल्यान्डका क्रेग योङ र ब्यारी माक्कार्थीले समान दुई तथा मार्क अडेर र गेराथ डेलानीले एक÷एक विकेट लिए ।

जितका लागि एक सय ३८ रनको लक्ष्य पछ्याएको आयरल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय २५ रन मात्र बनाउन सक्यो । आयरल्यान्डका मार्क अडेरले सर्वाधिक ३४ रन बनाए । क्यानडाका जेरेमी गोर्डन र डिलोन हेलिगरले समान दुई तथा जुनेद सिद्दिकी र साद विन जफरले एक÷एक विकेट लिए । समूह ‘ए’ मा रहेको क्यानडाको दुई खेलमा यो पहिलो जित हो । आयरल्यान्डले लगातार दोस्रो खेल हारेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेसको ३४ बुँदे चुनावी ‘ब्लूप्रिन्ट’ : एकता, डिजिटल अभियान र गगन थापाको उम्मेदवारी केन्द्रमा

महानगरमध्ये कार्यसम्पादनमा ‘भावी प्रधानमन्त्री’ को काठमाडौं सबैभन्दा कमजोर

सम्बन्धित

‘देश जोगाउने कि ध्वस्त पार्ने?’ : प्रचण्ड

एक सातापछि काठमाडौं फर्किए ओली

बंगलादेशमा मतदान केन्द्रमै झडप: बीएनपी नेता मोहिबुज्जामान कोचीको मृत्यु

Zelensky-Style Rise! Prasai: Balen-Ravi Pushed by Foreign Hands

कांग्रेसको ३४ बुँदे चुनावी ‘ब्लूप्रिन्ट’ : एकता, डिजिटल अभियान र गगन थापाको उम्मेदवारी केन्द्रमा

महानगरमध्ये कार्यसम्पादनमा ‘भावी प्रधानमन्त्री’ को काठमाडौं सबैभन्दा कमजोर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com