सुर्खेत, १२ फागुन । प्रदेश ६ को आज वस्ने बैठकले प्रदेशको नाम र स्थायी राजधानी तोक्ने छ ।
आजको प्रदेशसभाको चौथो बैठकमा प्रदेशको स्थायी राजधानी र नामबारे छलफल हुने उपसभामुख पुष्पा घर्तीले जानकारी दिइन् । प्रदेशको नाम र स्थायी राजधानीका लागि दुई\दुईवटा नाम प्रस्ताव गरिएको छ । नामका लागि ‘भेरी÷कर्णाली’ र ‘कर्णाली’ प्रस्ताव गरिएको छ भने राजधानीका लागि सुर्खेत र जुम्ला प्रस्तावित गरिएको छ ।
संविधानले प्रदेशको नाम र स्थायी राजधानी तोक्ने अधिकार सम्वन्धित प्रदेशसभालाई नै दिएको छ । प्रदेश ६ को अस्थायी राजधानी सरकारले सुर्खेत तोकिदिएको छ भने नाम राखिएको छैन ।
यसअघि गत बुधबार निर्धारण गरिएको बैठक सांसदहरुको अनुपस्थितिका कारण बस्न सकेको थिएन । महत्वपूर्ण एजेण्डामा बस्न लागेको बैठकमा पनि सांसदहरु उपस्थित नभएपछि आलोचना भएको थियो । शनिबारको बैठकमा अनिवार्य उपस्थित हुन सबै राजनीतिक दलहरुले आफ्ना सांसदहरुलाई ह्वीप जारी गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्