काठमाडौं,११ फागुन । एमाले र माओवादी केन्द्रबीच राष्ट्रपति, सभामुख लगायतका राजकीय पदको बाँडफाडँ गरका छन् । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको प्रचण्डको पछिल्लो भेटमा मन्त्रालयसँगै राजकीय पदको भागवण्डा लगभग टुंगिएको छ ।
वाम नेताहरुका अनुसार राष्ट्रपति, राष्ट्रियसभा अध्यक्ष र उपसभामुख एमालेको भागमा परेको छ भने माओवादीले उपराष्ट्रपति, सभामुख र राष्ट्रियसभा उपाध्यक्ष लिने बताएका छन् ।
एमालेले माओवादीलाई राष्ट्रियसभा अध्यक्ष लिएर सभामुख आफूलाई दिन प्रस्ताव गरेको छ । संविधानसभाका तत्कालीन अध्यक्ष एवं पूर्वसभामुख सुवास नेम्वाङलाई फेरि सभामुख बनाउने एमाले अध्यक्ष ओलीको प्रस्ताव थियो । तर, माओवादीले मानेको छैन । ‘व्यक्तिगत रुपमा उहाँ राम्रो र योग्य उम्मेदवार हो’ तर , ‘राष्ट्रपति, प्रधानमन्त्रीसँगै सभामुख पनि एमालेलाई दिन सकिँदैन, त्यसैले सभामुख हामीले लिने कुरा भएको छ ।’ माओवादी केन्द्र निकट एक स्रोतले बतायो । माओवादीमा सभामुखको प्रमुख दाबेदारका रुपमा कृष्णबहादुर महरालाई हेरिएको छ ।
यद्यपि मधेसी दलहरुलाई पनि सरकारमा सामेल गराउने प्रयास भइरहेकाले उनीहरुसँग सहमति भएको अवस्थामा केही हेरफेर हुन सक्ने नेताहरु बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्