काठमाडौं , ११ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल लाइ चयन गरिएको छ । आज शुक्रबार बिहान बसेको मन्त्रिपरिषद बैठकले पोलिटव्यूरो सदस्य रिमाललाई प्रमुख सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो ।
रिमाल अघिल्लो कार्यकालमा पनि राजनीतिक सल्लाकारको भूमिका निर्वाह गरेका थिए ।
शुक्रबार बिहान बसेको मन्त्रिपरिषद बैठकले यसअघि रहेका ३० वटा मन्त्रालयलाई १७ वटामा झार्ने निर्णय गरेको थियो । बैठकले प्रधानमन्त्रीको कार्यालय सहित मन्त्रालयहरुको संख्या घटाएर १८ वटा कायम गर्ने निर्णय पनि गरेको छ
प्रतिक्रिया दिनुहोस्