ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आज मन्त्रिपरिषद् विस्तारको अन्तिम गृहकार्यमा प्रधानमन्त्री, माओवादीको मन्त्रीको सूची गए आजै सरकारले पुर्णता पाउँने


एबीसी न्यूज

काठमाडौं, ११ फागुन । सत्ता साझेदार नेकपा माओवादी केन्द्रसँग मन्त्रालय बाँडफाँट टुंगिएलगत्तै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिन लाग्नुभएको छ ।

फागुन ३ गते प्रधानमन्त्रीको कार्यभार सम्हालेका प्रधानमन्त्री ओलीले मधेस केन्द्रित दल संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीलाईसमेत सरकारमा सहभागी गराउने गृहकार्य जारी रहँदा र माओवादीसँग मन्त्रालय बाँडफाँट बाँकी रहेकोले मन्त्रिपरिषद् विस्तार गर्न सक्नुभएको थिएन । बिहीबार माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भएको वार्तामा मन्त्रालय बाँडफाँट टुंगिएपछि प्रधानमन्त्री ओली सरकार लाई पुर्णता दिन थाल्नुभएको छ ।

प्रधानमन्त्री ओलीले आज आफ्नो भागमा परेका मन्त्रालयका मन्त्री छनोट गरी सूची दिन दाहाललाई आग्रह गर्नुभएको छ भने मन्त्री चयन अघि पार्टी नेताहरूको सुझाव लिन आज बिहान एमाले स्थायी कमिटी बैठक बोलाउनु भएको छ । स्थायी कमिटीको सुझाव लिएपछि प्रधानमन्त्री ओलीले आफ्नो दल एमाले र माओवादीबाट आएका सिफारिस समेट्दै मन्त्री नियुक्त गरि आजै सपथ खुवाउने तयारी रहेको बालुवाटार स्रोतले बताएको छ ।

प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच हाल १८ ओटा मन्त्रालय कायम गर्ने र सोही आधारमा मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भइसकेको छ । सोही आधारमा १८ ओटा मन्त्रालयमध्ये एमालेले ११ र माओवादीको भागमा सात ओटा मन्त्रालय तय गरिएको छ । प्रधानमन्त्रीका एक सहयोगी नेताले दिएको जानकारी अनुसार सरकारमा पठाइने सम्भावित मन्त्रीसमेत अनुमान गरी दुई पार्टीबीच मन्त्रालयको बाँडफाँट टुंगो लगाइएको हो ।

सहमतिअनुसार एमालेले अर्थ तथा योजना मन्त्रालयसहित ११ ओटा मन्त्रालय लिनेछ । एमालेको भागमा रक्षा, परराष्ट्र, भौतिक पूर्वाधार यातायात, सूचना, सञ्चार तथा विज्ञान प्रविधि, शिक्षा, खेलकुद तथा संस्कृति, स्वास्थ्य तथा जनसंख्या, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय परेको छ । यसैगरी कानुन तथा न्याय संसदीय मामिला र पर्यटन मन्त्रालय पनि एमालेको भागमा परेको छ । यसैगरी माओवादी केन्द्रले गृहसहित सात मन्त्रालय लिने भएको छ ।

सहमतिअनुसार माओवादीको भागमा ऊर्जा जलविद्युत् तथा नविकरणीय, सहरी विकास, आवास, खानेपानी तथा सरसफाइ, वन, वातावरण जलवायु परिवर्तन, श्रम रोजगार तथा महिला बालबालिका जेष्ठ नागरिक, कृषि, सिँचाइ खाद्य सुरक्षा, सहकारी तथा भूमिसुधार र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय परेको छ । प्रधानमन्त्री ओली र दाहालबीच अन्तिम समयमा आवश्यक परे केही मन्त्रालय हेरफेर तथा दुई मन्त्रालय थप्ने विषयमा सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

काठमाडौ उपत्यकासहित विभिन्न जिल्लामा ठूलो वर्षा: नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक निरीक्षकको शव भेटियो चितवनमा

सम्बन्धित

तरुण दल केन्द्रीय समिति भंग गर्नुपर्ने माग राखेर सानेपामा नाराबाजी

कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ

गणतन्त्र दिवस मनाउन झाँकीसहित सडकमा ओर्लियो एमाले (तस्बिरहरू)

राष्ट्रपतिलाई अर्थमन्त्रीद्वारा बजेटबारे ब्रिफिङ

सुरक्षा र कूटनीतिक सक्रियता बढाउन सरकारको ध्यानाकर्षण

नेपाल विश्वविद्यालयको उपकुलपतिमा डा. अर्जुन कार्की नियुक्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com