इलाम । काठमाडौंका मेयर बालेन शाहको फोटो राखेर इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा मत माग्ने अर्जुन शाहीले हालसम्म २८ मत पाएका छन् । इलाम २ अन्तर्गत पर्ने तीन पालिकाको मतगणना सकिँदा उनले जम्मा २८ मत पाएका हुन् ।
बाँके कोहलपुर घर भएका २६ वर्षीय अर्जुनविक्रम शाहीले बालेनको उम्मेदवार भएको हल्ला गर्दै इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा स्वतन्त्ररूपमा उम्मेदवारी दिएका थिए । उनले मेयर बालेनको चुनाव चिन्ह लौरो चुनाव चिन्ह माग गरेका थिए । तर निर्वाचन आयोगले उनलाई डोजर चुनाव चिन्ह दिएको थियो ।
त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिमा स्नातकोत्तर गर्दै गरेका शाहीले आफूले चुनाव जित्ने दाबी समेत गर्दै आएका थिए । निर्वाचन हुनुभन्दा केही महिना अघिबाट इलाममा उनले चुनाव प्रचार प्रसार थालेका थिए ।
प्रतिक्रिया दिनुहोस्