इलाम, १७ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मिलन लिम्बू आफ्नै वडामा कमजोर देखिएका छन् । धर्मगुरु आत्मनन्द लिङ्देनले प्रभाव पार्ने माङ्सेबुङ गाउँपालिका वडा नम्बर–२ मा लिम्बूले ९६ मत मात्रै पाएका छन् ।जबकि यो वडामा एमाले उम्मेदवार सुहाङ नेम्बाङले ५८६, कांग्रेसले ३५१ र पहिचानवादी उम्मेदवार डकेन्द्रसिंह लिम्बूले ३१७ मत पाएका छन् ।
माङ्सेबुङ–२ मा २४४५ मत खसेको थियो । मिलन लिम्बूले चुनावअघि लिङ्देनसँग २ पटक दर्शनभेटसमेत गरेका थिए । इलाम–२ मा एमाले उम्मेदवार सुहाङ नेम्बाङको मत १० हजार नाघेको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो मतपरिणामअनुसार सुहाङले १० हजार ३ मत प्राप्त गरेका छन् ।
त्यस्तै दोस्रो स्थानमा रहेका कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्काले ६ हजार ९ सय ४४ मत प्राप्त गरेका छन् । त्यस्तै पहिचानवादी पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू ५ हजार ५ सय ९१ मतसहित तेस्रो स्थानमा रहेका छन् । राम्रै मत ल्याउने आशा गरिएको राष्ट्रिय स्वतन्त्र पार्टी भने निकै पछि परेको छ । रास्वपाका उम्मेदवार मिलन लिम्बू १ हजार ४ सय ४३ मत ल्याएका छन् ।इलाम–२ मा १ लाख १५ हजार ८ सय ८९ मतदाता थिए जसमध्ये ६९हजार २ सय ८७ मत खसेको थियो । जसमध्ये २४ हजार ७ सय ३८ मत गणना गरिएको छ । त्यस्तै एकीकृत समाजवादीका उम्मेदवार जितबहादुर राई सय ५८ ल्याएका छन् ।
प्रतिक्रिया दिनुहोस्