ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वीकृतिबिना निर्माण कार्य गर्नेलाई कारबाही


एबीसी न्यूज

काठमाडौं ७ बैशाख । काठमाडौँ महानगरपालिकाले सम्बन्धित पक्षबाट अनिवार्य स्वीकृत नलिएका निर्माण कार्यमा सङ्लन्न व्यक्ति वा कम्पनीलाई कारबाहीको प्रक्रिया सुरु भइसकेको बताएको छ ।

महानगरले २०८१ वैशाख १ गते एक सूचना प्रकाशन गरेर महानगरभित्रका सडक, फुटपाथ तथा सार्वजनिक स्थानहरूमा जुनसुकै प्रकृतिका निर्माण कार्य गर्नुअघि यस्तो निर्माण कार्य गर्ने व्यक्ति, निजी क्षेत्र, सङ्घ संस्था, कम्पनी, जुनसुकै निकाय वा ठेक्का प्राप्त गर्ने व्यक्तिले महानगरबाट स्वीकृत लिनुपर्ने वा तीन दिनभित्र आवश्यक प्रबन्ध मिलाउन सूचित गरेको थियो ।

महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार यसअघि थालिएका वा निर्माणाधीन अवस्थामा रहेका निर्माण कार्यका सम्बन्धमा सूचना उल्लङ्घन भएको हकमा महानगरले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा वातावरण संरक्षण ऐन, २०७६ का साथै निर्माण सम्बद्ध अन्य कानुन बमोजिम कारबाहीको प्रक्रिया सुरु हुनेछ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४५ मा ‘सडकको क्षेत्राधिकार तोक्न सक्ने’ व्यवस्था अन्तर्गत उपदफा १ मा गाउँपालिका तथा नगरपालिकाले आफ्नो क्षेत्रभित्र स्थानीय सडकको दायाँ–बायाँको अधिकार क्षेत्रको सीमा तोक्न सक्नेछ ।

दफा ४५ को उपदफा २ मा गाउँपालिका तथा नगरपालिकाले राष्ट्रिय तथा प्रदेश स्तरीय सडकको दायाँ–बायाँ अधिकार क्षेत्रको मापदण्ड पालना गर्नुपर्ने तथा गराउनु पर्ने व्यवस्था छ ।

यस्तै, उपदफा ३ मा गाउँपालिका तथा नगरपालिकाले उपदफा १ वा २ बमोजिमको सडकको अधिकार क्षेत्रभित्र बनेका संरचना जुनसुकै बखत हटाउन वा भत्काउन सक्ने आदेश दिन सक्ने व्यवस्था रहेको छ ।

प्रवक्ता मानन्धरले भन्नुभयो, “सडकमा फोहोर वा त्यस्तो सामान राखेको व्यक्तिको पहिचान भएको अवस्था छ भने त्यो व्यक्तिलाई हाम्रो मापदण्डअनुसार सजाय, दण्ड हुन्छ ।” पाँच हजारदेखि एक लाख रुपियाँ समेत जरिवाना हुन सक्ने तथा जेल चलान पनि हुन सक्नेगरी कारबाही गर्ने जिम्मा नगर प्रहरीलाई दिइएको उहाँको भनाइ छ ।

उहाँले पैदल यात्रुलाई सहज एवम् सडक दुर्घटना हुन नदिन जथाभाबी निर्माण कार्य हुन नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “महानगर होस् या सडक विभाग । चाहे त्यो विद्युत प्राधिकरण होस् । सबैले संयमित भएर काम गर्नुपर्छ । ज–जसलाई ठेक्का दिइएको छ, त्यसको मोनिटरिङ गर्नुपर्छ । आफ्नो साइटमा कसरी काम भइरहेको छ रु पैदल यात्रुलाई आवत–जावत गर्न सहज भएको छ कि छैन भनेर हेर्नुपर्छ ।”

वातावरण संरक्षण ऐन, २०७६ को दफा १३ मा ‘रोक लगाउन सक्ने’ व्यवस्था अन्तर्गत उपदफा १ मा कसैले ऐन बमोजिम वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृत नगराई वा स्वीकृत वातावरणीय अध्ययन प्रतिवेदनभन्दा विपरीत हुनेगरी आयोजना कार्यान्वयन गरेमा सम्बन्धित निकायले त्यस्तो आयोजना कार्यान्वयन गर्न तत्काल रोक लगाउन सक्छ ।

उपदफा २ मा उपदफा १ बमोजिम आयोजना कार्यान्वयन गर्न रोक लगाइएकोमा त्यसरी रोक लगाइएको कारणबाट प्रस्तावकलाई कुनै क्षति पुग्न गएमा प्रस्तावकले सो बापत क्षतिपूर्ति दाबी गर्न पाउने छैन ।

महानगर वा सडक विभाग दुवैबाट अनुमति नलिई जथाभाबी रूपमा निर्माण कार्यहरू भइरहेको भन्दै यसलाई तत्काल रोक लगाउने अन्यथा कारबाही प्रक्रिया अघि बढ्ने महानगरले बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

निर्वाचनको विकल्प सोच्ने ठाउँ छैन, प्रत्यक्ष कार्यकारीले नै मुलकमा स्थायित्व कायम गर्छ – डा. खिमलाल देवकोटा(भिडियो)

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

सम्बन्धित

वडाध्यक्षको गोली प्रहार गरी हत्या

निर्वाचनको विकल्प सोच्ने ठाउँ छैन, प्रत्यक्ष कार्यकारीले नै मुलकमा स्थायित्व कायम गर्छ – डा. खिमलाल देवकोटा(भिडियो)

प्रहरी महानिरीक्षक कार्कीले लगाए दर्ज्यानी चिह्न

‘कुरा काटेको निहु’मा एकल महिलालाई पाँच लाख जरिवाना, पेमाले गाउँ छाडिन्

सवै कम्युनिस्ट शक्तिलाई समेटेर अघि बढ्छौ – चिरन पुन नेता नेपाली कम्युनिष्ट पार्टी (भिडियो सहित)

मधेस सरकार गठनविरूद्ध पेसी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com