काठमाडौ ७ बैशाख । सिन्धुपाल्चोकको जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका–५ धारावतीमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।दोलखाको भीमेश्वर नगरपालिपका-१ सुस्पाबाट सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका पिस्करमा जन्ती लिएर आएको बा४ ख ५६१६ नम्बरको बस शुक्रबार बिहान साढे सात बजे दुर्घटनामा परेको प्रमुख जिल्ला अधिकारी झक्कप्रसाद आचार्यले जानकारी दिए। हो ।
दुर्घटनामा ज्यान गुमाउने ३ जनामध्ये २ को सनाखत भएको छ।मृत्यु हुनेमा दोलखा भीमेश्वरका मानबहादुर थामी र भीमेश्वर–१ का शिव श्रेष्ठ रहेको खुलेको छ।दुलहासहित ३२जना घाइते छन्। गम्भीर घाइते पाँच जनालाई सहाबहार अस्पताल खाडीचौर लगिएकोछ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
प्रतिक्रिया दिनुहोस्