ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अपराधको दुनियाँबाट एक पात्रको यसरी भयो अन्त्य


एबीसी न्यूज

काठमाडौं, ९ फागुन । अपराधको दुनियाबाट आज विहानै एक पात्रको इहलिला समाप्त भएको छ । समाजलाई सधै आतंकित पार्ने मनोज पुन भैरहवाको खैरेनीस्थित सुकुम्बासी बस्तीबाट उदाइएका गुण्डा हुन् ।

असोज २३ गते काठमाडौंको नयाँ बानेश्वरस्थित खरिबोटमा निर्माण व्यवसायी शरद गौचनमाथि गोली प्रहार भएको केही मिनेटमै मनोज पुनले रुपन्देहीका ब्यवसायीलाई फोन गरेर ‘गौचनलाई मेरो केटाहरुले गोली हानेको हो, तिमीहरु पनि बिचार गर्नु ’ भनेर धम्की दिएका   थिए ।

२०७३ पुस पहिलो साता रुपन्देहीका दुर्गा तिवारी र गत पुस २१ गते रुपन्देहीकै बसन्त पौडेलको हत्यामा पनि मनोज पुनकै हात रहेको खुलेपछि उनी केन्द्रिय अनुसन्धान ब्यूरोको सर्वाधिक खोजी सूचिमा थिए । यसैमा बुधवार बिहान मनोज र उनका सहयोगी सोम आलेलाई प्रहरीले रुपन्देहीको देवदहमा इन्काउन्टर गरेको समाचारहरु सर्वजनिक गरिएका थिए ।

रुपन्देही देवदह, खैरेनीका २९ वर्षीय पुनको आपराधिक यात्रा ०६२÷६३ को परिवर्तनपछि शुरु भएको हो । उनलाई नजिकबाट नियालिरहेका रुपन्देहीका एक प्रहरी अधिकारीका अनुसार उनले ०६४ सालपछि जिल्लामा हुने ठेक्कापट्टा क्षेत्रमा हस्तक्षेप गर्न थालेका थिए ।
युवाको समूह बनाएर उनी जिल्लामा हुने ढुंगा, गिटी, बालुवालगायत ठेक्कापट्टामा आफ्नो भाग खोज्न थाले । र, विस्तारै ठेक्कापट्टामा व्यवसायीहरुसँग साझेदारीसमेत गर्न थाले ।

त्यसैक्रममा उनको लालच यति बढ्यो कि उनी अन्य व्यवसायीसँग कमिशन समेत माग्न थाले । र, आफूले भने अनुरुपको कमिसन नपाए अपहरण, धम्की र गोली आतंक मच्चाउन थाले ।

माओवादीको भ्रातृ संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) को बिगबिगी रहेका बेला उनी राजनीतिक शरण लिन त्यतै प्रवेश गरेका थिए । वाईसीएलको आवरणमा उनलाई गुण्डागर्दीलाई बढाउन अझ सहज भयो ।
पछि उनी एमाले निकट युथ फोर्सतिर लागे । त्यसबेला पुन युथ फोर्सको रुपन्देही निर्वाचन क्षेत्र नम्बर १ को कोषाध्यक्षसमेत बने । युथ फोर्सको आडमा उनको गुण्डाराज अझ झांगियो ।

विभिन्न राजनीतिक दलमा लाग्नुको उनको मुख्य उद्देश्य भनेको कमिसन असुली र राजनीतिक संरक्षण नै हुने गरेको त्यहाँका एक व्यवसायी बताउँछन् । युथ फोर्समा रहँदा पनि पुनले फिरौती असुली र गुण्डागर्दी गर्ने क्रम जारी राखेपछि उनलाई निस्कासन गरिएको   थियो ।

त्यसका लागि दुर्गा तिवारीले मुख्य भूमिका निर्वाह गरेको पुनको बुझाइ रहेको बताइन्छ । जसको प्रतिशोध स्वरुप दुर्गा तिवारीको पुनले हत्या गरेको प्रहरीको ठम्याइ छ ।

म्याग्दी पुर्ख्यौली घर भएका पुनका बुवा अवकास प्राप्त भारतीय सेना हुन् । उनका एक जना दाजु र दुई दिदीबहिनी छन् । देवदहको खैरेनी चोक छेउ उनको एकतले घर छ ।

उनकी दिदी माया बेलायतमा बस्छिन् भने बहिनी ममता देवदह मेडिकल कलेजमा नर्सिङ विषय अध्ययन गर्दैछिन् । मनोजको एक जना छोरीसमेत छिन् । स्थानीय केरवानी माविबाट एसएलसीसम्म अध्ययन गरेका छन्, पुनले ।

भारतीय अन्डरवर्ल्डसँग कनेक्सन

गुण्डा नाइके पुनको भारतीय आपराधिक सञ्जालसँग समेत ‘कनेक्सन’ रहेको खुलेको थियो ।

तिवारी हत्यापछि प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा रहेका पुनले त्यसयता नै भारतीय आपराधिक सञ्जालसँग सम्बन्ध विस्तार गरेका    थिए । र, भारतमा लुकीछिपी बस्ने क्रममा बनेको सम्बन्ध हो त्यो ।

त्यसक्रममा दिल्लीको सुल्तानपुरीका गुण्डा नाइके जोगा भनिने जोगिन्दर सिंहसँग उनले सम्बन्ध मजबुत बनाएका थिए । जोगाले निश्चित रकम लिएर नेपालमा हतियार बिक्री गर्दै आएको स्रोतको भनाइ छ ।

‘जोगासँग पुनको निकटको सम्बन्ध हो । त्यो समूहले उसलाई ‘हाई–प्रोटेक्सन’ दिएर राखेको चाहीँ होइन,’ अनुसन्धानमा संलग्न एक अधिकारीले अनलाइनखबरलाई भने, ‘तर, ऊ जोगा समूहसँग ‘किप इन टच’मा थियो ।’

जोगा मुम्बई अन्डरवर्ल्डका डन सन्तोष सेट्टी समूहका विश्वास पात्र हुन् । र, सेट्टी कहिले दाउद इब्राहिम ९डी–कम्पनी० त कहिले छोटा राजन समूहसँग निकट रहँदै अहिले आफ्नै ग्याङ तयार पारेर आपराधिक क्रियाकलापमा संलग्न छन् ।

पुन पछिल्लो समय डी–कम्पनीसँग नजिक पुगेको शंका थियो । तथापि, उक्त सम्बन्धको जरो खोतल्न प्रहरी असफल देखिएको छ । र, पुन इन्काउन्टरमा मारिएसँगै त्यो पनि रहस्यकै गर्भमा सीमित भएको छ ।

दिल्लीबाट हतियार ओसारपसारमा संलग्न जोगा भनिने जोगिन्दर सिंह र सन्तोष सेट्टी समूहमार्फत् मनोज पुनले मुम्बई अन्डरवर्ल्डसँग सम्बन्ध बनाएको प्रहरी अधिकारीहरु बताउँछन् ।

केही प्रहरी अधिकारी भन्छन्, ‘पुनले राम्रो सम्बन्ध बनाएको जोगिन्दर सिंह मुम्बईका डन सन्तोष सेट्टीबाट परिचालित छन् । र, सेट्टीको डीकम्पनीसँग सम्बन्ध छ । उनी दाउद इब्राहिमसँग निकट छन् । त्यसैले पुनको पनि डी–कम्पनीसँग सम्बन्ध हुन सक्ने बताइन्थ्यो ।’

तिवारी हत्या अगावै भारतमा बस्थे पुन

तिवारीको हत्या भएको करिब २२ दिनपछि केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०को टोली पुनलाई खोज्दै भारतको गोवासम्म पुगेको थियो । भारतीय प्रहरीको सहयोगमा पुनको मोबाइल लोकेसन ट्रेस गर्दै टोली त्यहाँसम्म पुगेको हो ।

गोवाको मर्दिम भन्ने स्थानमा उनी भाडामा बस्दै आएका थिए । प्रहरी स्रोतका अनुसार तिवारीको हत्या हुनु दुई वर्ष अघिदेखि पुन त्यहीँ बस्थे । र, दुई पटक डेरा सरेर तेस्रोमा पुगेका थिए ।

जब प्रहरी गोवा पुगेर पुनको डेरामा ‘रेड’ हान्यो, तब पत्ता लाग्यो उनी दिल्ली पुगिसकेका रहेछन् । भारतीय प्रहरीले ट्रेस गरेको कल डिटेलअनुसार पुनको मोबाइल ४र५ दिनसम्म दिल्लीमा ‘अन’ देखिएको थियो । त्यसपछि उनी ‘आउट अफ रिच’ भएका थिए । र, प्रहरी टोली खाली हात फर्किनु प‍रेको थियो ।
पछिल्लो समय एकाएक प्रहरीको टाउको दुःखाईकोे बनेका गुण्डा नाईक मनोज परिवारको एक्लो छोरो हुन् । खैरेनीमा उनको दुईतले पक्की घर छ, जहाँ उनको श्रीमती, एक छोरी र बावुआमा बस्छन् ।
खैरेनी स्कुलमा ८ कक्षामा पढ्दा नै रेष्टिगेट भएका मनोजले देवदह उच्च माविबाट १२ कक्षा उत्तीर्ण गरेका थिए । पढाईमा खासै रुची नभएका मनोज शालिकराम चौलागाईको संगतले गुण्डागर्दीमा लागेको उनीसँगै पढेका एक क्लासमेटले बताए ।

शालिकराम वुटवल र भैहरवा क्षेत्रमा प्लटिङ गर्नेहरुसँग पैसा उठाउँथे, पुनले उनलाई साथ दिए । प्लटिङ गर्नेहरुले पैसा नदिएमा चौलागाईं र पुन मिलेर प्लटिङ क्षेत्रका बिजुलीको पोल उखेलेर फाल्थे ।

नेपाल–भारत सीमानाको धकधइ धन्ने ठाउँमा बंगलादेश पठाउने गोरुको कारोवार हुन्छ । मनोज र शालिकरामको समूहले त्यहाँबाट हरेक हप्ता कमिसन लिन्थे । करिब पाँच बर्ष मनोजले शालिकरामलाई साथ दिए । पछि शालिक हतियार काण्डमा जेल परे । त्यसपछि शालिकको धन्दा मनोजले सम्हाल्न थालेका हुन् । यसरी खैरेनी–सुनवलबाट शुरु भएको गुण्डागर्दी बुटवल बजारभरी फैलियो ।

उमेरले करिब २८ पुगेका पुन युवासंघ रुपेन्देही क्षेत्र नम्बर–१ को कोषाध्यक्ष भएर काम गरे । युवासंघको आवरणमा गुण्डागर्दी गरेर असुली धन्दा चलाएपछि दुर्गा तिवारीले उनलाई कारबाही गरेका थिए । त्यहि रिसीवी साँध्न उनले पहिलो पटक २०७३ असोजमा तिवारीमाथि गोली प्रहार गरेका थिए ।

‘त्यतिवेला उनका सहयोगीले चलाएको हतियार पड्किएन्’ दुर्गा तिवारी हत्याकाण्डलाई नजिकबाट नियालेका एक सुरक्षा अधिकारी भन्छन्, ‘त्यसपछि पुलिस आक्रामक भएर लाग्यो, उसका समूहका सदस्यहरु भटाभट समातिन थालेपछि मनोजले रुपन्देही छाड्यो ।’

प्रहरी स्रोतका अनुसार २०७३ पुस पहिलो साता युवासंघ रुपन्देहीका अध्यक्ष दुर्गालाई मार्नुभन्दा करिब ९ महिनादेखी मनोज भारतमा बस्न थालेका थिए ।

दुर्गाको हत्या गरेपछि उनले आफु मलेशियामा बसेको दावी गर्दै भैरहवा र बुटवलतिर धम्क्याएर असुल्ने काम तीब्र रुपमा शुरु गरेका थिए ।

काडमाडौंलाई बेस बनाएर गुण्डागर्दी गर्न नभ्याएपनि २०७३ चैत २९ गते अर्का गुण्डा नाईके दावा लामालाई काठमाडौंको गौरिघाटमा गोली हानेर उनले काठमाडौंको गुण्डाराजमाथि धावा बोलेका थिए ।

२०७३ चैत २९ गते काठमाडौंको कुमारीगालमा गुण्डा नाईके दावा लामालाई गोली हान्नासाथ काठमाडौं प्रहरी प्रमुखलाई फोन गरेर जिम्मा लिने ‘लोप्साङ लामा’ मनोज पुनको ‘दायाँ हात’ भएको बताईएको छ । तिनै लोप्साङ हुन् जसले गौचनलाई गोली लागेको केही मिनेटमा काठमाडौं प्रहरी प्रमुख रविन्द्र धानुकलाई फोन गरेर ‘गोली हान्ने मै हुँ’ भनेका थिए ।

सिन्धुपाल्चोक स्थायी घर भएका लोप्साङ लामा मनोज पुनको दायाँ हाते ब्याट्म्यान थिए, जसले २०७३ पुस पहिलो साता युवासंघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीलाई मनोज पुनको निर्देशनमा गोली हानेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

त्यतिवेला रुपन्देही प्रहरीले मनोेज पुनको निर्देशनमा लोप्साङले गोली हानेको निष्कर्ष निकाल्दै अहिले पनि दुवैलाई खोजिरहेको थियो । उनीहरु दुवैजना भारतमा लुकेर बसिहरेका थिए ।

दुर्गा तिवारी पछि काठमाडौंको गौरिघाटस्थित दावा लामामाथि गोली प्रहार भएको केही मिनेटमै लोप्साङले अन्नोन नम्बरबाट तत्कालीन एसएसपी छविलाल जोशिलाई फोन गरेर भने, ‘दावालाई गोली हान्ने मै हुँ ।’
लोप्साङ त्यतिन्जेल मनोज पुनकै ग्याङ्गको सदस्य थिए । ‘अहिले लोप्साङ मनोजको ग्याङ्गमा छकी छैन भन्नेबारे बुझिरहेका छौं रु’ पछिल्ला तीनओटा हत्याकाण्डलाई नजिकबाट नियालेका एक प्रहरी अधिकृत भन्छन्, ‘आकांक्षा बढेपछि लोप्साङले मनोजको समूह छाडेर अर्कै समूह निर्माण गरिसकेको हुनसक्छ ।’

दावामाथि गोली हान्नुको अन्तर्य
मनोज पुनले गुण्डा नाईके दावा लामामाथि गोली हानेर काठमाडौंमा अरुको दिन सकिएको संकेत दिएका थिए । ‘दावालाई मार्ने नियतले नै हानिएको थियो’ महानगरीय अपराध महाशाखाका एक अधिकृत भन्छन्, ‘तर संयोगले उनी बाँचे ।’

पछिल्लो समय काठमाडौंमा चम्किएका गुण्डा हुन् दावा । दावाको हत्या गरेर काठमाडौं आफ्नो ग्रिपमा लिने पुनको योजना रहेको सुरक्षा अधिकारीहरु बताउँछन् ।

गुणगर्दीको दुनियाँलाई नजिकबाट नियालेका एक प्रहरी अधिकृतका अनुसार दावालाई गोली प्रहार गरेपछि अर्का गुण्डा नाईके मिलन चक्रेलाई मनोजले धम्क्याएका थिए । मनोजको धम्कीपछि चक्रे उनलाई पैसा बुझाउन नेपाल–भारत सीमानामा पुगेको बताईएको छ । त्यसपछि उनी केही महिना मलेशियामा लुकेर बसेका थिए ।

‘गौचन हत्यापछि मिलन चक्रेमाथि थ्रेट बढेको थियो’ लामो समय अपराध अनुसन्धानमा काम गरेका एक डिआईजी भन्छन्, ‘पैसा दिँदा पनि मनोजले शुट गर्नसक्ने डरले उनी भागेको हुनसक्छ ।’

भारतमा बस्दा मनोजले अन्डरवल्र्ड डनहरुसँग राम्रो सम्वन्ध बनाईसकेका थिए । छोटा राजन वा दाउद ईब्राहिम कसको निकटमा रहेको मनोजले काम गरिरहेका छन् भन्नेबारे नेपाल प्रहरीले अनुसन्धान गरिरहेको थियो ।

पछिल्लो समय ‘एक नम्बर गुण्डा’को रुपमा प्रहरीको ‘मोस्ट वाण्टेड’ सुचिमा रहेका पुन इन्काउन्टरमा मारिएसँगै ब्यक्ति हत्याको एउटा श्रृंखलाको अन्त्य भएको छ । स्रोत विभिन्न अनलाईन

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रधानमन्त्रीले साँझ ६ बजेलाई बोलाए मन्त्रिपरिषद् बैठक

बनेपा–नाला–भक्तपुर सडक पुनः अवरुद्ध

सम्बन्धित

तरुण दल केन्द्रीय समिति भंग गर्नुपर्ने माग राखेर सानेपामा नाराबाजी

कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ

गणतन्त्र दिवस मनाउन झाँकीसहित सडकमा ओर्लियो एमाले (तस्बिरहरू)

राष्ट्रपतिलाई अर्थमन्त्रीद्वारा बजेटबारे ब्रिफिङ

सुरक्षा र कूटनीतिक सक्रियता बढाउन सरकारको ध्यानाकर्षण

नेपाल विश्वविद्यालयको उपकुलपतिमा डा. अर्जुन कार्की नियुक्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com