ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कमल थापा- राप्रपासँग एकता गरेर दोस्रो गल्ती गर्दिनँ


एबीसी न्यूज

काठमाडौं १६ चैत ।   राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा० नेपालका अध्यक्ष कमल थापाले राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपासँग एकताको सम्भावना नरहेको बताएका छन् । राप्रपा सत्ता केन्द्रित राजनीतिमा रहेको आरोप लगाउँदै थापाले आफू एकतामा नजाने बताएका हुन् ।

शुक्रबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै थापाले राप्रपासँग विगतमा एकता गर्नु आफ्नो गल्ती भएको बताए । उनले फेरि राप्रपासँग एकता गरेर दोस्रो गल्ती गर्न नचाहेको उनको भनाइ छ ।

राप्रपा र राप्रपा नेपालबीच यसअघि ६ मंसिर २०७३ मा पार्टी एकता भएको थियो । पार्टी एकतापछि नयाँ पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० बन्यो भने अध्यक्ष कमल थापा र राष्ट्रिय अध्यक्ष पशुपतिशम्शेर राणा थिए । एकता घोषणामा उनले गीता छोएर पार्टी नफुटाउने कसम खाएका थिए । पछि पार्टीको महाधिवेशनबाट राजेन्द्र लिङ्देनसँग अध्यक्षमा पराजित भएपछि असन्तुष्ट बनेका थापाले पुनः राप्रपा नेपाल ब्यूँताएका थिए ।

‘राप्रपासँग एकता गर्ने सोच छैन । सम्भावना पनि छैन । अब दोस्रो गल्ती गर्न म चाहन्नँ,’ थापाले भने ।

राप्रपालाई वर्तमान सत्ता गठबन्धनले सहभागी नगराउने भएकाले मात्रै सरकारमा नगएको ठोकुवा थापाले गरे । राप्रपा वर्तमान व्यवस्थामा सत्ता अवसरको चिन्तनबाट अगाडि बढेको थापाको आरोप थियो ।

राजनीतिमा सक्रिय भइ १०–१२ पटक मन्त्री हुँदा शिर ठाडो पार्ने काम गरेको थापाले जिकीर गरे आफूले मकवानपुरको विकासमा योगदान दिए पनि गलत ढंगले प्रचार गरिएको उनले गुनासो गरे ।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com