ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चिनियाँ लगानीका आयोजनालाई गति दिन जोड


एबीसी न्यूज

काठमाडौं १४ चैत ।  नेपालमा निर्माणाधीन आयोजनालाई छिटो कार्यान्वयन गर्न नेपाल र चीनबीच छलफल भएको छ । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चीनका विदेशमन्त्री वाङ यी बीच मंगलबार बेइजिङमा भएको भेटवार्तामा नेपालमा चिनियाँ लगानी र सहयोगमा निर्माणाधीन आयोजना छिटो कार्यान्वयन गर्ने सम्बन्धमा जोड दिइएको परराष्ट्र मन्त्रालयले जनाएको हो ।

चिनियाँ लगानीका आयोजनालाई गति दिन जोड

 

उपप्रधानमन्त्री श्रेष्ठ र विदेशमन्त्री वाङबीच नेपालले सन् २०१७ मा हस्ताक्षर गरेको बेल्ट एन्ड रोड इनिसिएटिभ ९बीआरआई० बारे भने सामान्य छलफल मात्र भएको छ । चीनले नेपाललाई बीआरआई कार्यान्वयन योजना सम्झौताका लागि आग्रह गरे पनि हालसम्म अघि बढ्न सकेको छैन । प्रधानमन्त्री पुष्पकमल दाहालले चीन भ्रमणका दौरान दुवै पक्षले बीआरआईलाई गति दिन प्रतिबद्धता व्यक्त गरेका थिए । साथै दुई पक्षले परामर्श गरी छिट्टै बीआरआई कार्यान्वयन योजनाको प्रस्तावलाई अन्तिम रूप दिनेबारे त्यस बेला जारी संयुक्त विज्ञप्तिमा उल्लेख गरिएको थियो ।

भेटमा कार्यान्वयन योजनाको प्रस्तावको टुंगो नलगाए पनि उपप्रधानमन्त्री श्रेष्ठले बीआरआईका सम्बन्धमा भने नेपालका तर्फबाट धारणा राखेका थिए । ‘बेल्ट एन्ड रोड इनिसिएटिभ विश्वको विकास र समृद्धिका लागि अनुकूल छ । नेपाल बेल्ट एन्ड रोड संयुक्त रूपमा निर्माणका लागि चीनसँगको सहकार्यलाई सुदृढ गर्न इच्छुक छ,’ उपप्रधानमन्त्री श्रेष्ठको भनाइ थियो ।

त्यसको जवाफमा विदेशमन्त्री वाङले चीन र नेपालबीचको परम्परागत मित्रतालाई अगाडि बढाउन, दुई पक्षबीचको राजनीतिक आपसी विश्वासलाई सुदृढ गर्न, उच्च गुणस्तरको ‘बेल्ट एन्ड रोड’ संयुक्त रूपमा निर्माण गर्न र आपसी रणनीतिक सहकार्यको साझेदारीलाई प्रवर्द्धन गर्न चीन नेपालसँग काम गर्न इच्छुक रहेको बताएको परराष्ट्रद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

चिनियाँ कम्युनिस्ट पार्टी ९सीपीसी० केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्यसमेत रहेका वाङ नेपाल मामिलामा विज्ञ मानिन्छन् । उनले चार पटक नेपालको औपचारिक भ्रमण गरिसकेका छन् । भेटमा दुवै नेताले द्विपक्षीय सम्बन्धको अवस्थाको मूल्यांकन गर्दै सम्बन्धलाई थप उचाइमा पुर्‍याउन मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । विदेशमन्त्री वाङले नेपालमा सरकार पुनर्गठनपछि परराष्ट्रमन्त्रीको चीन भ्रमणले नेपाल–चीन मित्रताको परम्परा र चीनसँगको सहयोगलाई मजबुत बनाउने बताए ।

‘चीनले नेपाललाई सधैं एक मित्रवत् र रणनीतिक साझेदारका साथै महत्त्वपूर्ण निकट छिमेकीका रूपमा हेरेको छ । सबै नेपालप्रति शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तहरू पालन गर्दै आएको छ । सधैं ठूला वा साना सबै देशहरू समान हुन जोड दिँदै आएको छ,’ वाङको भनाइलाई उद्धृत गर्दै चिनियाँ सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

उनले सन् २०१९ मा राष्ट्रपति सी चिनफिङले नेपालको ऐतिहासिक राजकीय भ्रमण गरेको उल्लेख गर्दै त्यसबाट दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याएको तथा दुई मुलुकको सम्बन्ध द्रुत गतिमा अघि बढेको बताए । गत वर्ष प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण पनि निकै सफल रहेको वाङले बताए ।

उपप्रधानमन्त्री श्रेष्ठले भने नयाँ र उच्चस्तरमा विकास र समृद्धिका लागि दिगो मित्रतामा नेपाल र चीनबीच परम्परागत मित्रता र एकअर्कामाथि निर्भरता रहेको उल्लेख गरे । ‘चीनले भूकम्प र महामारीको प्रतिकार्यमा नेपाललाई निःस्वार्थ सहयोग गरेको छ, जसलाई नेपाल सरकार र जनताले सधैं सम्झनेछन्,’ उनले बैठकमा भनेका थिए, ‘नेपालको नयाँ सरकारले चीनसँगको सम्बन्धलाई ठूलो महत्त्व दिएको छ । र, द्विपक्षीय सम्बन्धको विकासको स्तरलाई निरन्तर सुधारका लागि चीनसँग सहकार्य गर्न इच्छुक छ ।’ उपप्रधानमन्त्री श्रेष्ठले ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ ९जीडीआई० को समूहमा सामेल हुने पनि उल्लेख गरे । नेपाल चीनले अघि सारेको यो विकास कार्यक्रममा यसअघि नै सामेल भइरहेको छ ।

नेपाल र चीनले यसअघि सहमति भएअनुसार १४ परम्परागत सीमा व्यापार नाका खोल्न तथा व्यापार, लगानी, पर्यटन र अन्य क्षेत्रमा व्यावहारिक सहयोग सुदृढ गर्ने विषयमा फेरि सहमति जनाएका छन् । उक्त सहमति कार्यान्वयनमा भने जान सकेको छैन । भेटवार्तामा दुवै पक्षले साझा सरोकारका अन्य विषयमा पनि विचार आदान–प्रदान गरेका थिए ।

चीनको ९ दिने भ्रमणमा रहेका उपप्रधानमन्त्री श्रेष्ठले सोमबार चाइनिज पिपुल्स पोलिटिकल कन्सल्टेटिभ कन्फरेन्सका अध्यक्ष तथा राजनीतिक ब्युरोका स्थायी समिति सदस्य वाङ हुनिङ र चिनियाँ कम्युनिस्ट पार्टी ९सीपीसी० की विदेश विभागकी उपमन्त्री सुन हायनसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।

आर्थिक विकास र समृद्धिमा केन्द्रित उनीहरूबीचको छलफलमा द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । उपप्रधानमन्त्री श्रेष्ठले बेइजिङपछि बुधबार छोङछिङ निस्कने छन् । त्यसपछि ल्हासा र छेन्दु भ्रमण गरेर नेपाल फर्कने कार्यक्रम छ ।

चिनियाँ लगानीकर्तालाई निम्तो

उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ लगानीकर्ताहरूलाई आगामी वैशाखमा हुने तेस्रो लगानी सम्मेलनमा सहभागिताका लागि निम्तो दिएका छन् । बेइजिङस्थित नेपाली राजदूतावासमा मंगलबार आयोजित कार्यक्रममा चिनियाँ लगानीकर्ताहरूलाई सम्बोधन गर्दै श्रेष्ठले आसन्न लगानी सम्मेलनमा उत्साहजनक सहभागिताका लागि आग्रह गरे ।

उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ लगानीकर्ताका लागि नेपाल उत्कृष्ट गन्तव्य हुने दाबी गर्दै वर्तमान सरकार चिनियाँ लगानीकर्तालाई आवश्यक सुविधा दिन तयार रहेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

६ वर्षमै सहमहामन्त्री बनेका कर्णबहादुर बुढादेखि तीन दशकको संघर्षपछि मुक्ताकुमारी यादवसम्म (८ जनाको प्रोफइलसहित)

ओलीको कडा टिप्पणी: ‘रविको मुद्दा फिर्ता महान्यायाधिवक्ताको कार्यालयको इतिहासमा कलंक’

सम्बन्धित

६ वर्षमै सहमहामन्त्री बनेका कर्णबहादुर बुढादेखि तीन दशकको संघर्षपछि मुक्ताकुमारी यादवसम्म (८ जनाको प्रोफइलसहित)

महान्यायाधिवक्ताको कार्यालयको भूमिका: पहुँच र स्वार्थको छायाँमा फौजदारी न्याय प्रणालीको संकट

ओलीको कडा टिप्पणी: ‘रविको मुद्दा फिर्ता महान्यायाधिवक्ताको कार्यालयको इतिहासमा कलंक’

ट्रम्पको विदेश नीतिको पछाडिको ‘महान रणनीति’

गगन थापाको दाबी: ‘निर्वाचन आयोगले चिन्ने पार्टी विशेष महाधिवेशनबाट बनेको नेपाली कांग्रेस हो’

गगनलाई घोषणापत्र, विश्वलाई परिचालनको जिम्मेवारी – देउवाका पुराना सारथिहरूको ठूलो सङ्ख्या नयाँ टिममा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com