ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जीबी राई आकाशमा भए पनि समाएर ल्याउँछौं : गृहमन्त्री


एबीसी न्यूज

जीबी राई आकाशमा हुन् कि पातालमा, समाएर ल्याउँछौं : गृहमन्त्री 

 

काठमाडौँ  १० चैत । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी गर्ने जीबी राईलाई जहाँ बसेको भएपनि समाएर ल्याउने बताएका छन् । उनले देशमा होस् कि विदेशमा जहाँ भएपनि राईलाई पक्राउ गर्ने प्रतिबद्धता जनाएका हुन् ।

सहकारी ठगीमा संलग्नताको आरोप लागेर प्रमुख प्रतिपक्षले संसद्मा राजीनामा मागिरहेको बेला शनिबार एउटा कार्यक्रममा लामिछानेले राईलाई पक्राउ गरिछाड्ने बताएका हुन् । उनले राईसँग आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन् । राईसँग टेलिभिजनमा जोडिएको तर अन्य कारोबारमा भने आफ्नो संलग्नता नरहेको बताए । ‘जीबी राई दोषी रहेछ भने सबक सिक्नुपर्छ, कारबाही हुनुपर्छ । आकाशमा होस्, पातालमा होस् समाएर ल्याउँछौं । समय लाग्ला, कसले भगायो त्यो पनि खोज्छौं,’ उनले भने ।

लामिछानेले सहकारीमा सहकारीमा राखेको सम्पत्तिको स्रोत पनि खोजिने बताएका छन् । उनले भने, ‘जुन सहकारी, सहकारी भनिएको छ ती सहकारीमा क-कसको अवैध पैसा लागेको छ अब त्यसको पनि हिसाब हुन्छ । कसले आफ्नो कालो धन लुकाउनका लागि खाता पनि नभएको मान्छेलाई ठग भनिरहेको छ दुधको दुध, पानीको पानी निस्किन्छ ।’

सहकारीका बचतकर्ताहरूको पैसा ब्याजसहित फिर्ता गराउन आफू लाग्ने पनि उपप्रधान तथा गृहमन्त्री लामिछानेले बताए । उनले भने, ‘सहकारीमा बचतकर्ताहरूको पैसा ब्याजसहित फिर्ता नगरेसम्म राजनीतिबाट विश्राम लिन्न । जो जहाँ लुकेको होस्, देशमा होस्, विदेशमा होस्, आकाशमा होस्, पातालमा होस् समाएर ल्याउँछौं ।’

सरकारमा बसेर प्रतिशोध कसैसँग नसाँध्ने पनि लामिछानेले बताए । उनले भने, ‘राज्यमा प्रतिशोध साँध्न गएका होइनौं । कसैमाथि प्रतिशोध साँध्दैनौं । कस-कसले हामीमाथि प्रतिशोध साँधे चिन्छौं, तर हामी त्यसो गर्दैनौं । विधि र कानुनले जे भन्छ त्योभन्दा दायाँबायाँ जाँदैनौं ।’

जोखिम मोलेर रास्वपा सरकारमा गएको रास्वपा सभापतिसमेत रहेका लामिछानेको भनाइ थियो । उनले काम गर्न नसकेको र काम गर्न नदिएको दिन सरकार छोडेर हिँड्ने बताए । उनले भने, ‘हामी देशको ठूलो राजनीतिक दल कांग्रेस जस्तो गलहत्याएर जान चाहँदैनौं । काम गर्न नसकेको र नपाएको दिन छोडेर जान्छौं । राजीनामा झोलामा बोकेर हिँडेका छौं ।’

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

प्रचण्डले हरिबोल गजुरेलसहितलाई काठमाडौं बोलाए, अडानबाट नहट्ने गजुरेलको चेतावनी

सम्बन्धित

रेशम चौधरीको उम्मेदवारी रद्द

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

प्रचण्डले हरिबोल गजुरेलसहितलाई काठमाडौं बोलाए, अडानबाट नहट्ने गजुरेलको चेतावनी

चुनावी प्रचारमा ‘भाइरल’ बन्ने होड : विचार कि दृश्यात्मक प्रदर्शन ?

चितवन–१ मा ‘त्रिकोणीय रोमाञ्च’: जेनजी युवाको पनि दाउ !

संघीयतालाई चिहान बनाउदै ‘सिंहदरबार’ को मृगतृष्णा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com