ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सडक आयोजनालाई बजेटमा समेट्नुपर्छ – सांसद विश्वकर्मा


एबीसी न्यूज

काठमाडौं ७ चैत । नेकपा एमाले का सांसद छविलाल विश्वकर्माले निर्वाचन क्षेत्र रणनीतिक सडक आयोजनालाई आगामी आर्थिक वर्षको बजेटमा समेट्नुपर्ने बताउनुभएको छ । बुधवार प्रतिनिधि सभा बैठकमा धारणा राख्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।

आगामी आर्थिक वर्ष २०८१–८२ का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको सम्बन्धमा छलफलमा भाग लिँदा सांसद विश्वकर्माले निर्वाचन क्षेत्र रणनीतिक सडक आयोजनालाई प्राथमिकता दिनुपर्ने बताउनुभएको हो । उहाँले सुरक्षित आवास कार्यक्रमले पनि निरन्तरता पाउनुपर्ने सुझाव दिनुभयो ।

उहाँले तराई–मधेस समृद्धि कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रत्येक निर्वाचन क्षेत्रमा रणनीतिक सडक थियो । यो रणनीतिक सडक अहिले अधुरो छ । बेवारिसे बनेको छ । सरकारको प्राथमिकतामा यसलाई पूर्णता दिने विषय बन्नु पर्दछ ।’

सुरक्षित आवास कार्यक्रमले यसपटक निरन्तरता पाएन । जबकि यस्ता जनताहरु छन्, जसको शीरको माथि छानो छैन । ओत नभएको हुनाले जनताहरु असुरक्षित भएको स्थितिमा यो सुरक्षित आवास कार्यक्रमले जनताहरुलाई धेरै लाभान्वित बनाएको थियो’ उहाँले भन्नुभयो, “प्रभावकारी हुनेगरी सुरक्षित आवास कार्यक्रमलाई अगाडि बढाउनुपर्छ । तराई–मधेस समृद्धि कार्यक्रलाई थप प्रभावकारी बनाउनुपर्छ । स्वास्थ्य बिमा प्रभावकारी बन्न सकेन । यसको दायरालाई फराकिलो बनाउने र सबै जनताको पहुँच पुग्नेगरी यसलाई अगाडि बढाउनुपर्छ ।’

त्यस्तै, स्वास्थ्य बिमा प्रभावकारी बन्न नसकेको भन्दै सांसद विश्वकर्माले यसको दायरालाई फराकिलो बनाएर सबै जनताको पहुँचमा पुगाउनुपर्ने बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com