ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुबिनाले देशलाई समर्पण गरिन् प्लेअर अफ दी म्याचको अवार्ड


एबीसी न्यूज

काठमाडौं १ फागुन । मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कपमा नेपालले माल्दिभ्समाथि २१४ रनको जित निकाल्दा शतकसहित ३ विकेट लिएकी रुबिनाले प्लेअर अफ दी म्याचको अर्वाड देशलाई समर्पण गरेकी छिन् ।

टी–२० अन्तर्राष्ट्रियमा शतक प्रहार गर्ने पहिलो नेपाली महिला खेलाडी बनेकी रुबिना ५९ बलमा १० चौका र ५ छक्कासहित ११८ रनमा अविजित रहेकी थिइन् । नेपालले २० ओभरमा ४ विकेट गुमाएर २२७ रन बनाएको थियो ।

२२८ रनको लक्ष्य पछ्याएको माल्दिभ्सलाई १३ रनमा अल आउट गर्ने क्रममा रुबिनाले बलिङतर्फ ३।५ ओभरमा २ रन खर्चिएर ३ विकेट लिइन् । माल्दिभ्सलाई २१४ रनको फराकिलो अन्तरले हराउने क्रममा कीर्तिमान प्रदर्शन गरेकी रुबिना म्यान अफ द म्याच भएकी थिइन् ।

‘मेरो यो अवार्ड म मेरो देश, नेपाली महिला क्रिकेटलाई माया गर्ने समर्थक र मेरो परिवारलाई समर्पण गर्न चाहन्छु,’ अवार्ड हात पारेपछि उनले भनिन् ।

विकेट निक्कै नै राम्रो रहेकाले विकेटमा टिकेर आफ्नै सर्टहरु खेल्ने योजना अनुसार खेल्दा कीर्तिमान बनेको उनले बताइन् ।

‘विकेट निकै राम्रो थियो, हामीले यो विकेटमा खेलिसकेका थियौं । विकेट फ्ल्याट हुन्छ र खेल्न सहज हुन्छ भन्ने मलाई थाहा थियो,’ उनले भनिन्, ‘हामीले जति लामो समय खेल्यो त्यति धेरै रन बनाउन सक्छौं भन्ने थियो । मैले त्यहि सोचेर खेलेको थिएँ ।’

खेल भएको मलेसियाको बाङ्कीको तापक्रम ३२ डिग्रीसम्म पुगेको थियो । त्यो गर्मीमा पनि रुबिना र नट आउट ५९ रन बनाएकी पूजा महतो फिट देखिएका थिए ।

अभ्यासका क्रममा फिटनेशमा धेरै काम गरेकाले खेल्न सहज भएको रुबिनाले बताइन् । ‘हामीले फिटनेसमा निकै काम गरेका थियौं । यसको क्रेडिट हाम्रो सर्पोट स्टाफलाई पनि जान्छ,’ उनले भनिन्, ‘गर्मी थियो तर हामी कुनै पनि प्रतियोगितामा आउँछौं भने हामी जित्नकै लागि आउँछौं । हामीले जसरी पनि खेल्नु पर्छ ।’

६‍।२ ओभरको खेल सकिँदा ६१ रन बनाएको नेपालले ४ विकेट गुमाएको थियो ।

त्यसैले रुबिना र पूजाले १० ओभरसम्म सम्हालिएर खेलेका थिए र त्यसपछि शर्टहरु प्रहार गरेका थिए । ‘हामीले केही छिटो विकेट गुमाएका थियौं । जसका कारण हामीले १० ओभरसम्म टिकेर विकेट लिएर जानुपर्ने थियो । त्यसपछि हामीले शर्टहरु प्रहार गर्न थाल्यौं ।’

खेलपछि कप्तान इन्दु बर्माले पनि रुबिना र पूजाको तारिफ गरिन् । उनले भनिन्, ‘आज रुबिना र पूजाले निकै राम्रो खेले ।’

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com