ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

क्यानाडाविरुद्धको सिरिज क्लिनस्विप, अन्तिम खेलमा नेपाल ९ विकेटले विजयी


एबीसी न्यूज

काठमाडौं २९ माघ ।  ओपनर अनिल साह र भीम सार्कीको शतकमा नेपालले क्यानडाविरुद्धको तीन खेलको ओडिआई सिरिज क्लीन स्वीप गरेको छ।

सोमबार भएको खेलमा घरेलु टोली नेपालले पाहुना टोलीलाई ९ विकेटको फराकिलो अन्तरले हराउँदै सिरिज क्लीन स्वीप गरेको हो।

क्यानडाले दिएको २ सय ३३ रनको लक्ष्य नेपालले ४४।३ ओभरमा १ विकेटको क्षतिमा भेट्टायो। क्यानडाविरुद्धको जितमा अनिल र भिम दुवैले शतक पूरा गरे। नेपालका लागि कुनै पनि ओडिआई खेलमा दुई खेलाडीले शतक पूरा गरेको यो पहिलो पटक हो।

दोस्रो विकेटका लागि अनिल र भिमले १ सय ८९ रनको कीर्तिमानी साझेदारी गर्दै नेपाललाई सहज दिल निकाले।

यो अघि दोस्रो विकेटका लागि कुशल भुर्तेल र आशिफ शेखले जिम्बाबे विरुद्ध १ सय ७१ रनको साझेदारी गरेका थिए।

अनिल १ सय १२ र भिम १ सय १ रनमा अविजित रहे।

अनिलले १ सय २४ बलमा १२ चौका र २ छक्का प्रहर गर्दै अविजित रहे। अन्तराष्टिय ओडीआई करियरमा अनिलको यो पहिलो शतक हो।

अनिलले ४१ औँ ओभरको तेस्रो शलमा शतक पूरा गरेका हुन्। अनिलले १ सय १६ बलमा ११ चौका र १ छक्का मद्धतमा शतक पूरा गरे।

आक्रमक ब्याटिङ गरेका अनिलले १५ औँ ओभरको पाचौँ बलमा अर्धशतक पूरा गरे। अनिलले ५१ बलमा ८ चौका मद्धतमा अर्धशतक पूरा गरेका थिए।

भीमले १ सय २९ बलमा ११ चौका र १ छक्का हान्दै १ सय १ रनमा नटआउट रहे। भिमले ४५ औँ ओभरको अन्तिम बलमा शतक पूरा गरे।

भीमले १ सय २७ बलमा ११ चौका र १ छक्का प्रहार गर्दै शतक हानेका हुन्।

ओडिआई करियरमा भिमको यो पहिलो शतक हो। यसअघि भीमले ३१ औँ ओभरको अन्तिम बलमा अर्धशतक पूरा गरेका थिए। भिमले ७८ बलमा ५ चौका मद्धतमा अर्धशतक पूरा गरे।

ओपनर कुशल भुर्तेल १३ रनमा बोल्ड आउट भए।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको क्यानडाले निधौरित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ३२ रनको योगफल तयार पारेको हो।

क्यानडाका नवनित डालिवाल अर्धशतक बनाएर आउट भए। ८२ बलमा ५ चौका हानेका नवनित ५० रनमा ललित राजवंशीको बलमा आकाश चन्दको हातबाट क्याच आउट भए।

निखिल दत्ता ४५ रनमा रन आउट भए। ६२ बलमा २ चौका र १ छक्का प्रहार गर्दै पेभेलियन फर्के।

हर्ष ठाकर २९ रन बनाउँदा कुशल मल्लको बलमा एलबीडब्लु धरापमा परे। र्यास मोभ्भा २५ रन बनाउँदा हेमन्त धामीको बलमा कुशल भुर्तेलको हातबाट क्याच आउट भए।

माथा विजयरथे २२ रन बनाउँदा आकाशको बलमा रोहित पौडेलको हातबाट क्याच आउट हुन पुगे।

ओपनर आरोन जोनसन ४ तथा निकोलस किर्तन ३ रनमा पेभेलियन फर्के। डिलोन हेलिगेर ४ रनमा नै क्याच आउट भए।

कप्तान सद विन जफर ३१ र साहिद अमदजाइ ५ रनमा अविजित रहे।

नेपालका लागि हेमन्त धामीले ३ विकेट लिए। सिनियर टोलीमा डेब्यु खेल खेलिरहेका हेमन्तले ८ ओभरमा ४९ रन खर्चे। नेपालबाट ओडिआई खेल्ने हेमन्त ४१ औँ खेलाडी हुन्।

कुशल मल्लले २ विकेट लिए। कुशलले आफ्नो स्पेलमा १ मेडन राख्दै ३८ रन खर्चे।

ललित राजवंशी र आकाश चन्दले समान एक विकेट आफ्नो नाममा गरे।

नेपालले पहिलो खेलमा क्यानडामाथि ७ रनको रोमान्चक जित निकालेको थियो। दोस्रो खेलमा ४ विकेटले हराएको थियो।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com