ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाललाई क्यानाडाको १९५ रनको लक्ष्य


admin


काठमाडौं, २ फागुन । नामिबियामा जारी आइसिसी विश्व क्रिकेट लिग डिभिजन टू क्रिकेट अन्तर्गत आफ्नो पाँचौं तथा अन्तिम खेलमा नेपालले क्यानडाबाट एक सय ९५ रनको लक्ष्य पाएको छ।

टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको नेपालविरुद्ध क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर एक सय ९४ रन जोड्यो। नेपालका बलर बसन्त रेग्मीले तीन र सन्दिप लामिछानेले दुई विकेट लिए। करन केसी र शरद भेषावकरले एक एक विकेट हात पारे।

क्यानडाले पहिलो विकेटका लागि ४६ रनको साझेदारी गरेको थियो। रुविन्दु गुनसेकेरालाई नौ रनमा आउट गर्दै बसन्तले उक्त साझेदारी तोडेका थिए।

क्यानडाले ५७ रन जोड्दा सन्दिपले दोस्रो विकेटका रुपमा कप्तान नितिस कुमारलाई पाँच रनमा आउट गरे। क्यानडाले ६७ रन जोड्दा सन्दिपले पाथिरानालाई दुई रनमा आउट गरे। क्यानडाले ९० रन जोड्दा बसन्तले धालिवाललाई ब्यक्तिगत चार रनमा आउट गरे।

क्यानडाले एक सय ३१ रन जोड्दा करनले पाँचौ‌ विकेटका रुपमा विकेटकिपर हाम्जा तारिकलाई २४ रन आउट गरेका थिए। विजेरत्ना र तारिकबीच पाँचौं विकेटका लागि ४१ रनको साझेदारी भएको थियो।

बसन्तले १० ओभरमा ३४ रन दिए भने सन्दीपले नौ ओभरमा एक मेडन राखेर ४० रन दिए। पारसले सात ओभरमा १६ रन दिए। सोमपाल कामीले नौ ओभरमा एक मेडन राखेर ३८ रन खर्चिए। शरदले सात ओभरमा २१ रन दिए।

सन्दीपले प्रतियोगितामा १६ विकेट लिईसकेका छन्। क्यानडाविरुद्ध सुरुको पाँच ओभरमा केवल ७ रन खर्चिएका सन्दीपले छैटौं ओभरम १४ रन दिएका थिए।

क्यानडाका एक ब्याट्सम्यान रन आउटको शिकार भए। क्यानडाका ओपनर श्रीमान्था विजेरत्नाले शतक बनाए। उनले अविजित एक सय ३ रन जोडे। उनले एक सय ५२ बलमा ८ चौका प्रहार गरे।

विश्वकप छनौट खेल्न नेपालले क्यानडालाई हराउनै पर्ने छ। ६ टोली सहभागी प्रतियोगिताको शीर्ष दुई टोली एकदिवशिय विश्वकपको विश्वस्तरको छनोटमा पुग्नेछन्। तालिकामा नेपाल ६ अ‌ंकसहित तेस्रो स्थानमा छ। क्यानडा र नामिबियाको पनि समान ६ अ‌ंक भएपनि नेटरनरेटमा दुवै टोली नेपालभन्दा अगाडि छन्।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

एनपीएलमा आज चितवन र जनकपुर तथा पोखरा र कर्णाली खेल्दै

एनपीएलमा आज दुई खेल हुँदै

काठमाण्डु र सुदूरपश्चिम भिड्दै

एनपिएल इतिहासकै उच्च स्कोर बनाएको विराटनगरको विजयी सुरुवात

युएईविरुद्ध कप्तान पौडेलको सतक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com