ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ऊर्जामन्त्री बस्नेत-भारतसँग १० हजार विद्युत् व्यापार सम्झौता नेपालको आवश्यकता


एबीसी न्यूज

काठमाडौं २४ पौष । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्ति बस्नेतले भारतसँग १० वर्षमा १० हजार मेगावाट विद्युत व्यापारको सम्झौता नेपालको आवश्यकतामा भएको बताएका छन् । नेपालमा आगामी १२ वर्षमा कम्तीमा २९ हजार मेगावाट विद्युत् उत्पादन हुने प्रक्षेपण मन्त्रालयको रहेको मन्त्री बस्नेतले बताए ।

भारतसँग १० हजार विद्युत् व्यापार सम्झौता नेपालको आवश्यकता स् ऊर्जामन्त्री बस्नेत   मन्त्री बस्नेतले नेपालमा विद्युत उत्पादन बढ्दै गएको तर आन्तरिक खपत सोही तवरमा नबढ्ने भएकाले भारतसँग सम्झौता गरेर नेपालमा उत्पादित विद्युत् बेच्ने सम्झौता भएको जानकारी दिएका हुन् ।

 

प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको मंगलबारको बैठकमा मन्त्री बस्नेतले भने, ुभारतसँग ऊर्जा सम्झौता आजको नेपालको आवश्यकता थियो । यसले मुलुकको समृद्धिमा टेवा पुर्‍याउँछ ।

मन्त्री बस्नेतले नेपालमा पछिल्लो समय उत्पादन भइरहेको विद्युत् परियोजनाको क्षमता हेर्दा अबको १२ वर्षमा २९ हजार मेगावाटसम्म उत्पादन हुने मन्त्रालयको प्रक्षेपण रहेको भनाइ राखेका थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहालको गत मे ३१ देखि जुन ३ सम्म भएको भ्रमणका क्रममा दुवै मुलुकका सचिवहरूबीच १० हजार मेगावाट विद्युत व्यापार गर्ने दीर्घकालीन सम्झौतामा हस्ताक्षर भएको सोही आधारमा जनवरी ४, २०२४ मा भारतका विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा ऊर्जा व्यापार सम्झौतामा पूर्ण हस्ताक्षर भएको मन्त्री बस्नेतले जानकारी दिए ।

यस सम्झौताले अन्तरदेशीय प्रसारण लाइनको अधिकतम उपयोग सुनिश्चित हुने पनि मन्त्री बस्नेतको भनाइ थियो । यो सम्झौताले क्षेत्रिय विद्युत् व्यापार प्रवर्धन हुने उनले दाबी गरेका थिए । नवीकरणीय ऊर्जा त्यसमा पनि मुख्यतः जलविद्युत परियोजनामा नेपाल र भारतको संयुक्त लगानीलाई प्रोत्सहन गर्नमा यो सम्झौताले बल पुग्ने उनको भनाइ थियो ।

नेपाल र भारतबीच भएको ऊर्जा सम्झौता २५ वर्षका लागि भएको र प्रत्येक १० वर्षमा स्वतः नवीकरण हुने व्यवस्था रहेको पनि मन्त्री बस्नेतले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com