ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

९ लाखभन्दा धेरै श्रमिक सामाजिक सुरक्षा कोषमा सूचीकृत, ४४ अर्ब ८५ करोड जम्मा


एबीसी न्यूज
मंसिर ११, २०८० सोमबार  १० : ३८ बजे

जाजरकोट, ११ मंसिर । ‘योगदानमा आधारित सामाजिक सुरक्षा योजना’ लागू भएको पाँच वर्ष पूरा भएको छ । अहिलेसम्म सामाजिक सुरक्षा कोषमा नौ लाख २८ हजारभन्दा धेरै श्रमिक सूचीकृत भएका छन् ।

यस्तै, ४४ अर्ब ८५ करोड रुपैयाँ जम्मा भइसकेको कोषले जनाएको छ । कोषका अनुसार अहिलेसम्म तीन लाख ३३ हजारभन्दा धेरै योगदानकर्ताले कोषबाट सञ्चालित विभिन्न योजनमार्फत ६ अर्ब ४४ करोड रुपैयाँ दाबी भुक्तानी लिइसकेका छन् ।

यसअनुसार वृद्ध अवस्था सुरक्षा योजनाअन्तर्गत सबैभन्दा बढी पाँच अर्ब ४८ करोड ९७ लाख, औषधि उपचार तथा स्वास्थ्य तथा मातृत्व योजना अन्तर्गत ७६ करोड १२ लाख, आश्रित परिवार सुरक्षा योजना अन्तर्गत १० करोड ९६ लाख, दुर्घटना तथा अशक्तता सुरक्षा योजना अन्तर्गत आठ करोड ७५ लाख र दाबी भुक्तानी भइसकेको छ । सामाजिक सुरक्षा योजनामा योगदान गरिरहेकै अवस्थामा ज्यान गुमाएकाका व्यक्तिका आश्रित परिवारले मासिक एक लाख रुपैयाँसम्म पेन्सन लिन थालेका छन् ।

सामाजिक सुरक्षा योजनामा औषधिउपचार तथा स्वास्थ्य सुरक्षा, मातृत्व सुरक्षा, दुर्घटना सुरक्षा, अशक्तता सुरक्षा, वृद्धावस्था सुरक्षा, आश्रित परिवार सुरक्षा, बेरोजगार सहायता लगायतका कार्यक्रम समावेश छन् । घर र शैक्षिक कर्जासमेत दिने गरिन्छ । कोषकाअनुसार नौ हजार ७४४ जनाले एक अर्ब ७२ करोड ४७ लाख भन्दा बढी रुपैयाँ विशेष सापटी कर्जा सुविधा लिइसकेका छन् भने १७ जनाले दुई करोड ८९ लाखभन्दा बढी रुपैयाँ घर कर्जा सुविधा लिइसकेका छन् ।

कोषले वैदेशिक रोजगारीमा रहेका र अनौपचारिक क्षेत्रका श्रमिकलाई पनि सामाजिक सुरक्षा योजनामा समेटेको छ । वैदेशिक रोजगारीमा गएका चार लाख ६६ हजार ६२२ जना कोषमा आबद्ध भइसकेका छन् । यस्तै, अहिलेसम्म विभिन्न ६ वटा पालिकाले कोषमा आबद्धताका लागि सहमति जनाएर पत्राचारसमेत गरिसकेका छन् भने दुई पालिका आबद्धताका लागि प्रकृयामा गइसकेका कोषले जनाएको छ । कोषले सबै पालिकालाई पत्राचार गरेर अनौपचारिक क्षेत्रका श्रमिकलाई पालिकासमेतको सह–योगदान रहने गरी कोषमा आबद्धताका लागि अनुरोध गरिसकेको छ ।

श्रमिकको योगदानमा आधारित सामाजिक सुरक्षाको हक सुनिश्चित गर्न, योगदानकर्तालाई सामाजिक सुरक्षा प्रदान गर्न, सबै श्रमिकलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गराइ उनीहरुको आर्थिक तथा सामाजिक जोखिमको न्यूनीकरण गर्न सरकारले संविधानमा नै मौलिक हकका रुपमा सामाजिक सुरक्षाको हक स्थापित गरेर सामाजिक सुरक्षा ऐनमार्फत सामाजिक सुरक्षा योजना सञ्चालन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

डुबेको ऋण, पक्राउ परेका बैंकर र त्रसित बैंकिङ प्रणाली

राष्ट्रिय सभामा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित

सम्बन्धित

विपक्षी दलको बहिष्कारका बिच सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित

फौजदारी कसुरको शैलीमा व्यवसायी र बैंकरमाथि धरपकड गरेर त्रास फैलाइयो– उद्योग वाणिज्य महासंघ

राष्ट्रिय सभामा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित

प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध आयो ‘अतिगोप्य’ उजुरी

ट्रम्प-सी शिखर भेट : ताइवान मुद्दामा सीको चेतावनी, ट्रम्पको प्रशंसा

ट्रम्पले बारम्बार भने : राष्ट्रपति सी महान् नेता हुन्

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com