काठमाडौँ । काठमाडौँको बल्खुमा प्रहरी र दुर्गा प्रसाईंको समूहबीच झडप भएको छ । झडपपछि प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरेको छ ।
तोकिएको स्थान बल्खु छाडेर दुर्गा प्रसाईंका समर्थकहरु कालिमाटीतर्फ लाग्न थालेपछि प्रहरीले उनीहरुलाई रोकेको थियो । प्रहरीले रोकेपछि झडप सुरु भएको थियो । भडपपछि प्रदर्शनकारीमाथि पानीको फोहरा प्रहार गरिएको छ भने अश्रुग्याँस समेत प्रहार गरेर तितिर बितर पार्ने काम भइरहेको छ ।
बिहान दुर्गा प्रसाईका समर्थकहरुले तीनकुनेतर्फ आउँदै गरेको युवा संघका कार्यकर्तामाथि पनि ढुंगामुढा प्रहार गरेका थिए ।







प्रतिक्रिया दिनुहोस्