काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूहका व्यक्तिहरूले बल्खु चोकमा ढुंगामुढा गरेका छन्।
प्रदर्शनका लागि जम्मा भएका व्यक्तिहरूले एक्कासी ढुंगामुढा गरेका हुन् ।
प्रसाईं समूहको तोडफोडबाट बल्खु आसपासका केही संरचनामा क्षति पुगेको छ ।
युवा संघका कार्यकर्ता चढेको बाइकमा बल्खुमा दुर्गा प्रसाईं समर्थकले ढुंगा हानेका छन् । कालिमाटीबाट बल्खु हुँदै तीनकुने आउन लागेको युवा संघको बाइक र्यालीमाथि ढुंगाप्रहार भएपछि दुवै पक्षबीच ढुंगा हानाहान भएको हो ।
दुर्गा प्रसाईं समर्थकको जुलुस कालीमाटीबाट बल्खुतर्फ आउँदै गरेका थिए । मोटरसाइकलमा आएका युवा संघका कार्यकर्ताहरू देखेपछि प्रसाईंका कार्यकर्ताले ढुंगा हान्न सुरु गरेको दाबी गरिएको छ ।








प्रतिक्रिया दिनुहोस्