भक्तपुर । लक्ष्मी पूजा गर्न बालेको दियो सल्कँदा आइतबार एक वृद्धाको मृत्यु भएको छ।
भक्तपुरको मध्युपुर ठिमी नगरपालिकाकी ८३ वर्षीया सावित्रादेवी मल्लको मृत्यु भएको भक्तपुरका डिएसपी बसन्त पाठकले जानकारी दिए ।
ती वृद्धाले तीन तले घरको दोस्रो तलामा लक्ष्मी पूजा गर्न दियो बालेकी थिइन्। अचानक दियोको बत्ती आफैंले लगाएको कपडामा सल्किएको ८५ वर्षीय श्रीमान् गुरूप्रसाद दाहालले पानी हाली निभाउने कोसिस गरेको थिए। तर आगो ननिभेपछि सावित्रादेवीको घटनास्थलमै मृत्यु भएको डिएसपी पाठकले जानकारी दिए।
घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।







प्रतिक्रिया दिनुहोस्